बारा प्रहरीले फरार रहेका प्रतिवादीलाई नियन्त्रणमा लिएको छ ।
अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत बाराबाट दोषी ठहर भई लुकिछिपि बसेको अवस्थामा खोजतलासबाट पक्राउ गरि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको हो ।
प्रहरीले आगलागी मुद्दामा अदालतबाट एक वर्ष चार महिना कैद र २० हजार रुपैयाँ जरिवाना पाएका बाराको कलैया उप–महानगरपालिका वडा नं.०८ बस्ने अन्दाजी १९ वर्षीय अजय दास सरभंगलाई पक्राउ गरी प्रहरीले अदालतमा दाखेल गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

