कलैया : कलैयामा राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ बाराको दोस्रो जिल्ला भेला तथा अधिवेशनले दुर्गाप्रसाद दाहाललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ।
बाराको कलैया वडा नम्बर १स्थित बि.पि स्मृति भवन नेपाली कांग्रेस पार्टी कार्यालयको सभाहलमा शनिबार भएको जिल्ला भेला तथा अधिवेशनले दाहालको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति चयन गरेको हो।
उपाध्यक्षमा रामनरेश प्रसाद यादव,कोषाध्यक्षमा गोदावरी साह सचिवमा जितेन्द्रप्रसाद पटेल पनि चयन भएका छन्।
त्यसैगरी सदस्यमा रामबहादुर प्रसाद यादव,विल्टुप्रसाद यादव,उद्धव घिमिरे,रामायण यादव,रिनादेवी पटेल,धनसुन्दर प्रसाद यादव,हिरालाल प्रसाद तेली,प्रमोद राय यादव,अल्विता चौधरी र बलिराम मण्डल चयन भएका छन्।
यसअघि एक कार्यक्रम बीच राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ बाराको दोस्रो जिल्ला भेला तथा अधिवेशनको प्रमुख अतिथि नेपाली कांग्रेस पार्टी बाराका जिल्ला सभापति राजेशराय यादवले मैनबत्ति बाली उद्घाटन गरे।
उनले फरक शारिरिक क्षमता भएका व्यक्तिहरुलाई अवसर दिन आग्रह गरे। उनले फरक शारिरिक क्षमता भएका व्यक्तिले राष्ट्रिय जीवनमा योगदान दिइरहेको जनाए। अवसरको खाँचो भएको उनले बताए।
राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ बाराका अध्यक्ष गंगाप्रसाद वाग्लेको अध्यक्षतामा सो कार्यक्रम भएको हो। सो कार्यक्रममा अपाङ्ग सम्बन्धी सचेतनामुलक प्रोजेक्टरबाट गणेश दवाडीले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका केन्द्रिय प्रतिनिधि जयप्रकाश ठाकुर,शान्ति वाग्ले,कार्यालय सचिव अम्बिकाप्रसाद यादव नेपाल महिला संघ बाराका अध्यक्ष कलावती पासवान,नेपाल शिक्षा संघ बाराका अध्यक्ष राजकिशोर सहनी,नेपाल ट्रेड युनियन बाराका उप सभापति वसन्त घिमिरे लगायत नेता,विभिन्न संघका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन खडगबहादुर श्रेष्ठको थियो।

