जनमत पार्टी पर्साद्वारा लोककल्याणकारी अभियान जारी

साझेदारी दैनिक
313 पाठक संख्या

वीरगन्ज : जनमत पार्टीले पर्सा जिल्लामा लोककल्याणकारी अभियान जारी राखेको छ। यस अभियान अन्तर्गत पार्टीले आँखाका बिरामीहरुका लागि निःशुल्क आँखा जाँच र शल्यकृया शिवीरलाई निरन्तरता दिएको हो।

पार्टीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ रानिघाटमा निःशुल्क आँखा शिवीरको आयोजना गरेको छ।उक्त शिवीरमा एक सय पचास जनाको आँखाको जाँच भएको छ।

तीमध्ये २९ जनामा मोतियाबिन्दुको समस्या भेटिएको जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले साझेदारी दैनिकलाई जानकारी दिए। उनीहरुको वीरगञ्ज सामुदायिक आँखा केन्द्रमा निःशुल्क शल्यक्रिया गरिने उनले बताए ।

शिवीरमा वीरगञ्ज सामुदायिक आँखा केन्द्रकी मिखा श्रेष्ठ नेतृत्वको टोलीले शिवीरमा आएकाहरुको आँखा जाँच गरेको थियो। स्थानीय नेताहरू संजय सरार्फ,लोकेश कर्णको समन्वयमा सम्पन्न कार्यक्रममा जनमतका नेताहरू रम्भा मिश्र,ब्रजकिसोर कलवार,महादेव शर्मा,राजनारायण मिश्र,संजय सिंह,उदय यादव,सिकेन्द्र राम,साजन सिह लगायतको सहभागिता रहेको थियो ।

पछिल्लो सम्पन्न शिविरहरुबाट पहिचान गरिएका ३६ जना मोतिया बिन्दुको बिरामीहरुको निशुल्क सल्यक्रिया सम्पन्न भएको र यो अभियान सहर देखि गाउँ सम्म जारी रहने जनमत पार्टी,पर्साले जनाएको छ।

Leave a review