विद्याकी देवी सरस्वतीको प्रतिमा विसर्जन्

साझेदारी दैनिक
236 पाठक संख्या

बारा : बारामा दुई दिन विद्याकी देवी सरस्वतीको प्रतिमा सेलाईएको छ ।

सरस्वतीको पूजा पश्चात जिल्लाको १६ पालिकामा रहेको निजी तथा सामुदायिक बिधालयहरुले मंगलबार र बुधबार स्थानीय जलाशय,पोखरी,ताल,नदी लगायतकोमा सरस्वतीको प्रतिमा सेलाएका हुन्।

जिल्लाको कलैया उपमहानगरपालिकाको रामजानकी मन्दिर परिसरमा रहेको पोखरी,सिद्धेश्वर विद्यालय परिसरमा रहेको पोखरी,पसाह खोला,प्रसौनी गाउँपालिकाको किरकिचाहा खोला, महागढीमाई नगरपालिका स्थित नदी तथा पोखरीमा सरस्वतीको प्रतिमा सेलाईएको हो ।

जिल्लाको आदर्शकोतवाल गाउँपालिका,सिम्रौनगढ नगरपालिका,पचरौता नगरपालिका,कोल्हवी नगरपालिका,निजगढ नगरपालिका,जितपुर सिमरा उपमहानगरपालिका,प्रसौनी गाउँपालिका,परवानीपुर गाउँपालिका,फेटा गाउँपालिका,बिश्रामपुर गाउँपालिका,देवताल गाउँपालिका,आदर्शकोतवाल गाउँपालिका,बारागढी गाउँपालिका र करैयामाई गाउँपालिकामा रहेको नदीमा सरस्वतीको प्रतिमा सेलाईएको हो । श्री पञ्चमी पर्व आईतबार मनाईएको हो ।

Leave a review

This will close in 0 seconds