बारामा फागुन २४ र २५ गते माओवादीको जनसभा हुने पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने

रञ्जन यादव
538 पाठक संख्या

जीतपुर : माओवादी केन्द्रले बाराको विभिन्न स्थानमा जनसभा तथा जागरण कार्यक्रमको आयोजना गर्ने भएको छ ।

माओवादीद्वारा सञ्चालित तराई मधेश जागरण अभियान अन्तर्गत अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड सहित केन्द्रीय नेतृत्वको बारा जिल्लाको विभिन्न स्थानमा फागुन २४ गते र २५ गते जनसंपर्क,जनसभा तथा जागरण कार्यक्रमको कार्यतालिका सार्बजनिक भएको हो ।

फागुन २४ गते बिहान आदर्श कोतवाल गाउँपालिकामा तोकिएको स्थानमा भेटघाट तथा माओवादी जागरण सभाको आयोजना हुनेछ । सो सभालाई केन्द्रीय अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सोही क्रममा अध्यक्ष प्रचण्डले शहीद परिवारहरूसँग भेटघाटको कार्यक्रम पनि रहेको छ। त्यसपछि बिहान ७ देखि ८ बजेसम्म सोमबार सिम्रौनगढको पुरातात्त्विक स्थल तथा तरकारी बजार अवलोकन गरिने कार्यतालिका रहेको नेकपा माओवादी केन्द्रको बारा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर श्रेष्ठ(अनिल) ले जानकारी दिए ।

फागुन २५ गते बिहान ९ बजे पुनः आदर्श कोतवाल गाउँपालिकामा भेटघाट तथा माओवादी जागरण सभा आयोजना गरिनेछ, जसमा शहीद परिवारहरूसँग विशेष भेटघाटको कार्यक्रम समेत रहेको उनले बताए ।

त्यस्तै, बिहान १२ बजे इनर्वा चौक बरियापुरमा माओवादी जागरण सभा गरिनेछ। दिउँसो २ बजे कलैया चोकमा जनसभा आयोजना गरिनेछ भने दिउँसो ३ः३० बजे प्रसौनी चटिया बाबाको (फिल्ड (पोलिटिकल कलेज) मा बृहत् जनसभा गरिने नेकपा माओवादी केन्द्रको बारा जिल्ला कमिटीले जनाएको छ ।

पार्टीको भावी रणनीति,जनसमुदायका सरोकार तथा आगामी चुनावको तयारीबारे यो अभियान महत्वपुर्ण हुने बिश्वास लिएको छ ।

Leave a review