प्रथम करैयामाई गोल्डकपको उपाधी बीरगंज सिटी क्लबलाई

साझेदारी दैनिक
साझेदारी दैनिक 149 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बिनिता चौधरी/

प्रथम करैयामाई गोल्डकपको उपाधी बीरगंज सिटी क्लबलाई पाएको छ ।

बाराको करैयामाई ७ उमजनमा जारी प्रथम करैयामाई गोल्डकप २०८० को फ़ाइनल खेल शनिबार एक कार्यक्रमको बिच सम्पन्न भएको हो ।

कार्यक्रमलाई संम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष यादवले प्रत्येक साल करैयामाई गोल्डकपको अर्को संस्करणको आयोजना गर्ने बताउनु भयो ।

यस पालिकामा फुटबल मात्र नभएर क्रिकेट,भलीबल लगायत अन्य खेलको समेत प्रतियोगिताको आयोजना गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

समापन कार्यक्रममा उपाध्क्ष सुनैना कुमारी चौधरी,वडा नम्बर १ का अध्यक्ष सोनालाल साहले शुभकामना मनतव्य राख्नु भएको थियो ।

फाइनल खेल बीरगंज यूनाईटेड क्लब बीरगंज र बीरगंज सिटी क्लबको बिरुद्ध भएको थियो ।

निर्धारित समयमा दुबै टीमले एक एक गोल गरेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा बीरगंज सिटी क्लब ४–३ गोलले बिजयी भएको हो ।

जितसंगै बीरगंज सिटी क्लबले नगद रु पचास हजार शिल्ड मेडल र प्रमाणपत्र र उपबिजेता बीरगंज यूनाईटेड क्लबले नगद रु पचिस हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

फाइनल खेलको रेफ्रीको भुमिकामा दिलमनी चौधरी,फस्ट असिस्टेंटमा सुनिल चौधरी र सेकेण्ड असिस्टेंटमा राजाराम चौधरी रहनु भएको थियो भने फोर्थ अफिसिअलमा काजी चौधरी रहेका थिए ।

सो खेलको म्यान अफ द म्याच बीरगंज यूनाईटेड क्लबका जर्सी नम्बर ७ का सागर चौधरी, बेस्ट गोल किपरमा बीरगंज सिटी क्लबका जयराम चौधरी,बेस्ट डिफेंडरमा बीरगंज यूनाईटेड क्लबका संजय चौधरी,बेस्ट मिड फिल्डरमा बीरगंज सिटी क्लबका अजय माझी,बेस्ट फरवार्डमा बीरगंज सिटी क्लबका अनिल मगर र बेस्ट अफ द सिरिजमा बीरगंज सिटी क्लबका जयराम चौधरी घोषित भएको आयोजक क्लबका सचिव गोपाल चौधरीले साझेदारी राष्ट्रिय दैनिकलाई जानकारी दिए ।

श्री नव जन प्रगति युवा क्लबका अध्यक्ष रुप नारायण यादवको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिमा करैयामाई गाउपालिकाका अध्यक्ष शम्भु यादव, विशिष्ट अतिथिमा उपाध्यक्ष सुनैना कुमारी चौधरीवडा नम्बर१ का वडा अध्यक्ष सोनालाल साह,कार्यपालिका सदस्य सुरेन्द्र साह,समाज सेवि बिजेन्द्र चौधरी,टीका राम चौधरी,रामचन्द्र चौधरी,सुर्यनारायण चौधरी,रामङया चौधरी,राम नारायण साह र खेलाडीहरु लगायतको उपस्थित रहेको थियो ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review