विद्यार्थी चुनाव भयरहित सम्पन्न गर्न जिल्ला प्रशासन पर्साको निर्णय

राम मण्डल
335 पाठक संख्या

वीरगञ्ज : बिद्यार्थी चुनाव भयरहित सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय पर्साले निर्णय गरेको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको बैठकमा सुरक्षा निकायका पदाधिकारी,स्वतन्त्र बिद्यार्थी युनियनका पदाधिकारी लगायतको सहभागिता रहेको थियो।

बैठकले निर्वाचनको सबै चरणमा त्रिभुवन विश्वविद्यालयबाट जारी निर्वाचन सम्बन्धी निर्देशिका सबैले पालन गर्ने निर्णय गरेको छ। विश्वविद्यालयले निर्वाचन आयुक्त तोकेपछी निर्वाचनलाई प्रभावित पार्ने क्रियाकलाप कुनै पक्षले नगर्ने निर्णय गरिएको छ।

बिद्यार्थीको परिचयपत्र सम्बन्धित बिद्यार्थीलाई मात्रै बितरण गर्ने निर्णय भएको हो। निर्वाचन शान्तिपूर्ण र भयरहित बनाउन सुरक्षा निकायले समन्वयकारी भूमिका खेल्ने निर्णय गरिएको छ।

यस्तै दाबी विरोध सम्बन्धी बिषयहरु पारदर्शी रूपमा समाधान गर्ने बैठकले निर्णय गरेको छ। क्याम्पस ब्यवस्थापन र कर्मचारीलाई निर्वाचन प्रक्रियाबाट पूर्णत अलग राख्ने निर्णय समेत बैठकले गरेको छ।

कर्मचारीबाट हुने प्रचार प्रसार तथा परिचयपत्र लिने,निर्वाचनलाई प्रभावित पार्ने कार्यलाई दण्डित गर्ने पनि बैठकले निर्णय गरेको छ। वीरगञ्जको ठाकुरराम क्याम्पसमा बिद्यार्थी चुनाव हुन लागेको हो।

Leave a review