कलैया : कलैया सिटी जेसिजको होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ४ कृष्ण मन्दिर नजिकै रहेको कलैया सिटी जेसिजको आयोजनामा सचिवालयको सभा हलमा सोमबार एक कार्यक्रम बिच सो कार्यक्रम सम्पन्न भएको हो।
सो कार्यक्रममा २०१६ का अध्यक्ष रामबाबु कुशवाहा,२०१८ का अध्यक्ष धनिलाल सर्राफ र २०२० का अध्यक्ष विपिन चौधरीले होली पर्वको शुभकामना दिएका थिए।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै कलैया सिटी जेसिज वर्ष २०२५ का अध्यक्ष ओमप्रकाश सरार्फले होली पर्वमा एकआपसमा भाईचारा कायम गरी पर्व मनाउन आग्रह गरेका छन् ।
कलैया सिटी जेसिज वर्ष २०२५ का अध्यक्ष ओमप्रकाश सरार्फको अध्यक्षतामा भएको कार्यक्रममा २०२२ का अध्यक्ष सन्दिप बरै,२०२४ का उपाध्यक्ष आकाश गुप्ता,२०२५ का कार्य कारणी उपाध्यक्ष धर्मेन्द्र प्रसाद यादव,उपाध्यक्ष संदिप प्रसाद यादव र अर्बिन्द साह,कानुनी सल्लाहकार सन्दिप कुमार साह,भोला साह,रोशन सहनी,पुर्व अध्यक्ष,वोर्डका पदाधिकारी तथा सदस्यहरु लगायतको उपस्तिथि रहेको थियोे ।
सो कार्यक्रमको संचालन कलैया सिटी जेसिज २०२५ का महासचिव श्यामबिहारी केशरीले गरेका थिए।

