ट्राफिक व्यवस्थापन अन्तर्गत १ सय १६ सवारी साधनलाई कारवाही

संदिप प्रसाद यादव
327 पाठक संख्या

जिल्ला प्रहरी कार्यालय बाराद्वारा ट्राफिक व्यवस्थापनको लागि सञ्चालित विशेष अभियान अन्तर्गत एक सय १६ सवारी साधनलाई कारवाही गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी यस बारे जानकारी दिएको हो ।

यसबाट प्रहरीले एक लाख १७ हजार बराबरको जरिवाना वापत राजश्व संकलन गरेको छ । प्रहरीले तीन वटा भारतीय नम्बरको प्लेट भएको सवारीलाई वीरगञ्ज भन्सार कार्यालय पठाएको छ ।

अभियान अन्तर्गत सचेतनामुलक कार्यक्रम सञ्चालन समेत गरिएको प्रहरीले जनाएको छ ।

Leave a review

This will close in 0 seconds