गणित विषयको परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न

साझेदारी दैनिक
408 पाठक संख्या

कलैया : बारामा माध्यमिक शिक्षा परीक्षा(एसइई) अन्तर्गत आईतबार तेश्रो दिनको अनिवार्य गणितको बिषयको परीक्षा शान्तिपूर्ण एवम् मर्यादित रुपमा सम्पन्न भएको छ।

परीक्षामा आठ हजार ७०५ जना परिक्षार्थी सहभागि भएको शिक्षा विकास तथा समन्वय ईकाई बाराका सूचना अधिकारी शन्तोष कुमार शर्माले जानकारी दिएका छन्।

जसमा छात्रा ४४३६ जना र छात्र ४२६९ रहेका छन।गणित बिषयको परीक्षामा ९८१ जना परीक्षार्थी अनुपस्थित रहेको सूचना अधिकारी शर्माले बताए ।

जसमा छात्रा ४२७ र छात्र ५५४ जना अनुपस्थित रहेको उनले बताए।

Leave a review

This will close in 0 seconds