कलैया : प्रहरीले धनुषाको नगराईन नगरपालिका १ हाँसपटृी बाट मंगलबार बेलुका अबैध लागु औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाँउ बस्ने २३ बर्षिय चन्दन कुमार साह रहेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषाले जनाएको छ ।
उनको साथबाट एक किलो तीन सय ग्राम अबैध लागु औषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
साहले सञ्चालन गरेको चन्दन कोल्ड स्टोरमा अबैध लागु औषध गाँजा बिक्री बितरण भईरहेको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय फुलगामा बाट खटिृएको प्रहरी टोलीले उनलाई अबैध लागु औषध सहित पक्राउ गरेको हो।
उनको घर खानतलाशी गर्दा लागु औषध फेला परेको हो ।बरामद भएको अबैध लागु औषध सहित उनलाई नियन्त्रणमा लिई आवशयक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


