बारामा करारका शिक्षक हटाई स्थायी शिक्षक राखिरहेको भन्दै नेपाल शिक्षक संघले आपत्ति जनाएको छ ।
शिक्षक सेवा आयोग भक्तपुरले नि. मा.बि. तहमा बारा जिल्लामा सिफारिस भएका स्थायी शिक्षकहरुको कारण अस्थाई तथा करारमा कार्यरत शिक्षकहरु बिस्थापित भईरहेको भन्दै उसले आपत्ति जनाएको हो ।
यस प्रति संघको गम्भीर ध्यानाकर्षण भएको नेपाल शिक्षक संघले जारी गरेको प्रेस बिज्ञप्तिमा लेखिएको छ । नेपाल शिक्षक संघ मधेश प्रदेशका अध्यक्ष प्रशुराम यादब र महासचिव बिजय कुमार झाले संयुक्त रुपमा प्रेस बिज्ञप्ति जारी गरेका हुन् ।
बारा जिल्लामा नि.मा.बि. तहमा अध्यापन गराईरहेका २९ जना अस्थाई तथा करारका शिक्षकहरुलाई सेवाबाट बिस्थापित हुन गईरहेको भन्दै संघले आपत्ती जनाएको हो ।
हाल बिद्यालय शिक्षा ऐन २०८० संघीय संसदमा बिचारधिन रहेकाले उक्त ऐन संसदबाट अनुमोदन नहुञ्जेलसम्म अस्थाई÷करारका शिक्षकहरुलाई बिनाकारण बिस्थापित नगर्न बिज्ञप्तिमा लेखिएको छ ।
बारा जिल्लामा बिभिन्न स्थायी तहमा रिक्त दरबन्दीमा स्थायी शिक्षकलाई ब्यवस्थापन गरी अस्थाई,करार शिक्षकहरुलाई सेवाबाट बिस्थापित नगर्न गराउन शिक्षा बिकास तथा समन्वय ईकाई बारा लगायत सरोकारवालाहरुलाई प्रेस बिज्ञप्ति मार्फत अनुरोध गरिएको छ ।
शिक्षक संघको यस्तो प्रेस बिज्ञप्तिलाई कतिपय शिक्षा क्षेत्रका जानकारहरुले शैक्षिक क्षेत्र बिगार्ने मेलोमेसो भन्नी टिप्पणी गरेका छन् ।

