बारा : अन्तर्राष्ट्रिय आप्रवासी दिवसको अवसरमा सिमरामा बुधबार साँझ दीप प्रज्वलन गरिएको छ ।
आप्रवासी हकहित संजाल बाराले सिमरामा दीप प्रज्वलन गरेको हो। संजालका अध्यक्ष रुद्र खतिवडाको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो।
उक्त कार्यक्रममा समाजसेवी मदनबहादुर क्षेत्री,संजालका मधेश प्रदेश महासचिव शंकर सिंखडा,जीतपुरसिमरा नगर कमिटी अध्यक्ष नवराज घिमिरे,उपाध्यक्ष गंगाधर ढकाल,सचिव पुष्कर चौलागाईं,सदस्य सलमा राई,तोयानाथ लुईटेल लगायत उपस्थित थिए।
संयुक्त राष्ट्र संघले सन् १९९० डिसेम्बर १८ मा आप्रवासी श्रमिक र तिनका परिवारका सदस्यको अधिकार संरक्षण सम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झनामा विश्वभर आप्रवासी दिवस मनाउने गरिन्छ ।
नेपालमा यस वर्ष ‘सुरक्षित आप्रवासनका आधार,सूचना र सीपसहितको रोजगार’ भन्ने नाराका साथ यो दिवस मनाइएको छ।

