स्व.पत्रकार रजक घटनाको सत्यतथ्य छनविन गरी दोषीलाई कारवाही होस् : वक्ताहरु

साझेदारी दैनिक
374 पाठक संख्या

कलैया : राजेश कुशवाहा/ नेपाल पत्रकार महासंघ बाराले मंगलबार कलैयामा स्व. पत्रकार सुरेश रजकलाई न्याय,सञ्चारगृह सञ्चारकर्मीहरुको सुरक्षा एवम् दोषीलाई कारवाहीका लागि सरोकारवालाहरुसंग छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल पत्रकार महासंघको पूर्व निर्धारित कार्यक्रम अनुसार महासंघ बाराले स्थित बारा उद्योग वाणिज्य संघको सभाहलमा उक्त छलफलको आयोजना गरेको हो ।

कार्यक्रममा बक्ताहरुले पत्रकार सुरेश रजकको सत्य तथ्य छनविन गरी हत्यारालाई कानुनी कठघरामा ल्याउन माग गरेका छन ।

कार्यक्रमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सिकेन्द्र पासवानले पत्रकारको सुरक्षाका लागि पत्रकार महासंघ केन्द्रिय कार्यालयले सुरक्षा निकायसंग समन्वय गरिरहेको उनले जानकारी दिए । पत्रकार रजकको हत्यारालाई कानुनी दायरामा ल्याउन महासंघले हर सम्भव प्रयास गरिरहेको बताए ।

कार्यक्रममा बोल्दै जसपा नेपालका केन्द्रिय सदस्य रामकिशोर यादवले आन्दोलनको नाममा आंतककारी गतिविधि गरिएको बताए। बन्दी बनाएर पत्रकार रजकको हत्या गरिएको उनले बताए।

पत्रकार रजकको घटनामा सरकार गम्भीर नभएको उनले आरोप लगाए।उनले न्यायका लागि पत्रकारहरुलाई एक जुट हुन आग्रह गरे ।उनले पत्रकारहरुलाई बारा जिल्ला प्रति पनि गम्भीर हुन आग्रह गरेका छन ।

यसैगरी जनमत पार्टीका केन्द्रिय सदस्य प्रभुनाथ पटेलले पत्रकार रजकको हत्यारालाई कडा भन्दा कडा कारवाही गर्न माग गरे । उनले पत्रकारले अहिले सम्म न्याय नपाएको बताए ।

उक्त कार्यक्रममा बोल्दै लोसपाका केन्द्रिय सदस्य डा. कमरुल्लाह अंसारीले स्व. पत्रकार रजकको घरपरिवारको जीवन यापनको ब्यवस्था राज्यले गर्नुपर्ने बताए। पत्रकार निस्वार्थ रुपमा खटने गरेको उनले बताए ।

नेकपा माओबादी केन्द्रका युवा नेता मुकेश साहले यो घटना हुनुमा राज्य दोषी रहेको बताए । उनले घटनामा संलग्न दोषीलाई कानुनी कठघारामा ल्याउनुपर्ने माग समेत गरेका छन ।

यस्तै कार्यक्रममा बोल्दै नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दासले मानव अधिकारको रक्षा गर्नु सरकारको दायित्व रहेको बताए। उनले पत्रकारहरुले जनताको आवाजलाई मुखरित गर्नुपर्नेमा जोड दिए ।

सो कार्यक्रममा बोल्दै नेपाल शिक्षक संघ बाराका अध्यक्ष राजकिशोर सहनीले पत्रकार सुरक्षित हुदैन भने आम नागरिकको अवस्था कस्तो हुन्छ भनी प्रश्न गरे। पत्रकारहरु सुरक्षित नरहेको उनले बताए।

यता कार्यक्रममा बोल्दै महिला अधिकारकर्मी बबिता जयसवालले राजाबादीको आन्दोलनमा भएको घटनाको सम्पूर्ण जिम्मेवारी नैतिक रुपमा पुर्व राजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताईन्। उनले आन्दोलनमा मानव अधिकार तथा प्रेस स्वतन्त्रताको हनन् भएको बताईन्।

यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेश सदस्य साजिर मंसुर,नेपाल प्रेस युनियन मधेश प्रदेशका सचिव सन्तोष पाण्डेय,मानव अधिकार एलायन्सका अनिल तिवारी,प्रेस संगठनका केन्द्रीय सदस्य रामबाबु मेहता,महासंघ बाराका पूर्व उपाध्यक्षद्वय राकेश पाण्डेय,प्रेस मञ्च बाराका अध्यक्ष निखिल पासवान लगायतकाले पत्रकार रजकलाई शहीद घोषणा गर्न सरकार संग माग गरेका थिए ।

नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष पन्नालाल दासको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सञ्चालन महासंघ बाराका सह सचिव दृष्यान्त चौधरी एवम् स्वागत कोषाध्यक्ष रञ्जन यादवले गरेका थिए ।

उक्त छलफल कार्यक्रममा नेपाल प्रेस युनियन मधेश प्रदेशका अध्यक्ष सत्य प्रसाद श्रेष्ठ,समाजवादी प्रेस संगठन बाराका अध्यक्ष अजय साह,श्रमजिवी पत्रकार संघ बाराका अध्यक्ष शिवशंकर मिश्रा लगायतको सहभागिता रहेको थियो।

Leave a review