रबिन्द्र प्रसाद साह/
कलैया उपमहानगरपालिका वडा नं.२० स्थित बस्तपुरमा रहेको प्रहरी चौकीमा रहेको समस्या सामधान गरिने कलैया उपमहानगरका मेयर राजेश राय यादवले जनाएका छन ।
मेयर यादवले बुधवार उक्त प्रहरी चौकीको अनुगमन तथा निरीक्षण गर्दै यस्तो वताएका हुन । उनले हालको बजेटमा चौकीको समस्याको कार्य गर्ने बारे समुदायबासिहरुलाई जानकारी गराएका थिए ।
उक्त प्रहरी चौकीमा दरबन्दी १२ जनाको भएतापनि भवन नभएकोले ९ जना मात्र रहेका छन । बर्षाको बेलामा पानी चुहिने भएकोले नगर प्रमुखद्वारा बस्तपुर चौकीको अनुगमन गरेका हुन ।
उक्त छलफलमा कलैया उपमहानगरपालिका वडा नं. २० का वडा अध्यक्ष इमामुदिन मिया ठकुराई, प्रहरी सहायक निरीक्षक कुमार बहादुर खड्का, समाजसेवी अतिउल रहमान लगायत स्थानीय भद्रभलादमीहरुको उपस्तिथिती रहेको थियो।