लागुऔषध अफिम जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

साझेदारी दैनिक
611 पाठक संख्या

कलैया । बारा प्रहरीले दुई किलो ९९ ग्राम लागु औषध अफिम जस्तो देखिने पदार्थ सहित एक जनालाई बुधबार पक्राउ गरेको छ।

प्रहरीले पर्सा जिल्ला बहुदरमाई नगरपालिका वडा नं. ६ गम्हरिया बस्ने ३२ वर्षीय सरोज प्रसाद साहलाई पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्रहरी बरिष्ट नायब निरीक्षक टेकबहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले साहलाई पक्राउ गरेको हो।

उनलाई बाराको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. २१ अमलेखगंज स्थित प्रहरी कार्यालय अगाडी चेक प्वाईन्टमा पक्राउ गरेको हो।

हेटौंडाबाट वीरगंज तर्फ जाँदै गरेको प्र.२–०३–००९ प ३८७८ नम्बरको १५० सि.सि.को पल्सर मोटरसाईकललाई रोकी जाँच गर्दा सिटमुनी लुकाई छिपाई लगी रहेको अवस्थामा सो पदार्थ बरामद गरिएको हो।

मोटरसाईकल सहित नियन्त्रणमा लिई प्रहरीले आवश्यक कानूनी प्रकृया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिएका छन् ।

Leave a review