मधेस प्रदेश प्रमुखसमक्ष राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस

रासस
625 पाठक संख्या

महेन्द्रनगर (धनुषा) : मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन पेस गरेको छ ।

जनकपुरधामस्थित आयोगका सदस्य टुन्जे कामी बराइलीले प्रदेश प्रमुखको कार्यालयमा बुधबार प्रदेश प्रमुख भण्डारीसमक्ष प्रतिवेदन पेस गर्नुभएको हो ।

नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस गरिएको हो । प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख भण्डारीले भन्नुभयो, “मधेसमा रहेका दलित समुदायको समस्या अन्य क्षेत्रकाभन्दा अझ जटिल छ ।

प्रतिवेदनमा उल्लेख भएका समस्या कार्यान्वयन गर्न प्रदेश सरकारलाई गम्भीर बनाउने विषयमा मेरो पहल हुनेछ ।”

सातवटा परिच्छेद र छवटा अनुसूचीमा आयोगको परिचय,दलितको हक,हित र अधिकारसम्बन्धी व्यवस्था,दलितको अवस्था र राज्यका निकायमा प्रतिनिधित्व,आयोगको वार्षिक कार्यक्रम कार्यान्वयनको स्थिति,आयोगका सिफारिस तथा सुझाव र कार्यान्वयनको अवस्था,आयोगका अवसर,चुनौती र भावी कार्यदिशालगायत विषय समेटिएको छ ।

Leave a review

This will close in 0 seconds