महासंघ बाराले गर्‍यो सम्पादकहरुसंग छलफल

साझेदारी दैनिक
303 पाठक संख्या

कलैया : आफनो पुर्वनिर्धारित कार्यक्रम अनुसार नेपाल पत्रकार महासंघ बारा शाखाले पनि संञ्चार क्षेत्रको सुरक्षा लगायतको बिषयमा जिल्ल्ला स्थित बिभिन्न सञ्चार माध्यमका सम्पादकहरु संग छलफल गरेको छ ।

महासंघ बाराका अध्यक्ष रमेश सुवेदीको अध्यक्षतामा उतm छलफल कार्यक्रम सम्पन्न भएको हो । उक्त छलफल कार्यक्रममा बोल्दै वक्ताहरुले राजावादी आन्दोलनको क्रममा मारिएका पत्रकार सुरेश रजकको हत्यारालाई पक्राउ गरी कारवाही गर्न माग गरे ।

कार्यक्रमम बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सिकेन्द्र पासवानले पुर्ण प्रेस स्वतन्त्रताको पक्षमा सबै एकजुट भएर लागनु पर्ने बताएका छन ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका पुर्वउपाध्यक्ष राकेश पाण्डेय,सचिव पुष्प खतिवडा,पुर्व सचिव जयनारयण यादव,निमेश तिमिलसिना,भोला पौडेल,रमेश साह,धिरेन्द्र तिवारी,राहुल गुप्ता लगायतको सहभागिता रहेको थियो ।

पत्रकार रजक हत्याको विरोधमा नेपाल पत्रकार महासंघको केन्द्रीय विरोधका कार्यक्रम अनुसार महासंघले विहीबार देशभर यो सम्पादकहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।

Leave a review