पत्रकारमाथी अपमानजनक टिप्पणी गरेको भन्दै सेन्टरद्वारा भत्र्सना

साझेदारी दैनिक
578 पाठक संख्या

जीतपुर : प्रेस सेन्टर नेपाल,जिल्ला समन्वय समिति बाराले पत्रकार शारदा पोखरेलमाथि धम्कीपूर्ण र अपमानजनक टिप्पणी गरिएकोप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।

पोखरेल रातो पार्टी अनलाइनमा संवाददाताका रूपमा कार्यरत छिन् । उनले हालै “वन क्षेत्रका निजी विद्यालय,ठाँउ खाली गर्न वन कार्यालयको निर्देशन,विद्यालय सञ्चालक र वडा अध्यक्ष एउटै व्यक्ति“ शीर्षकमा समाचार लेखेकी थिइन्।

उक्त समाचार प्रकाशित भएपछि जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष हरिदेव खरेलले सामाजिक सञ्जालमार्फत पोखरेललाई लक्षित गर्दै अभद्र र धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए। प्रेस सेन्टर नेपालले यस घटनालाई पत्रकारमाथिको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथिको गम्भीर उल्लंघनको रूपमा लिएको विज्ञप्तीमा उल्लेख छ ।

सेन्टरका जिल्ला अध्यक्ष रञ्जन यादवद्वारा जारी विज्ञप्तिमा “कसैले समाचार लेख्यो भनेर पत्रकारलाई धम्क्याउनु वा अपमान गर्नु निन्दनीय कार्य हो। यो प्रेस स्वतन्त्रतामाथिको प्रत्यक्ष हस्तक्षेप हो।” उल्लेख छ ।

विज्ञप्तिमा दोषी व्यक्तिमाथि छानबिन गरी कानुनी कारबाही गर्न र पत्रकार सुरक्षाको प्रत्याभूति दिन सम्बन्धित निकायलाई आग्रह गरिएको छ। साथै, पत्रकारमाथि हुने दुव्र्यवहार रोकिनुपर्नेमा जोड दिँदै प्रेस सेन्टर नेपालले सबै सरोकारवाला पक्षको गम्भीर ध्यानाकर्षण गराएको विज्ञप्तीमा भनिएको छ ।

Leave a review

This will close in 0 seconds