तीन सय ५० जना बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण

रञ्जन यादव
412 पाठक संख्या

सिमरा : जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२३ स्थित आर्दश आधारभुत बिद्यालय बेहरा नहर क्याम्पका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरेको छ ।

सोलारबाट बिद्युत उत्पादन गर्ने अपी पावर कम्पनीले सामुदायिक बिद्यालयका ३ सय ५० जना बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक सामाग्रीहरु वितरण गर्न लागेको हो ।

शैक्षिक सामग्री बितरणमा स्कुल ब्याग,जुत्ता,कपी र पेन्सिल रहेको अपी पावर कम्पणीका कार्यकारी निर्देशक सञ्जिब न्यौपानेले बताए शैक्षिक सामग्री लिने बिद्यार्थीहरु अधिकांश दलित समुदायका रहेका छन् ।

पुर्ब वडा अध्यक्ष असलम देवानको पहलमा कम्पणीले शैक्षिक सामग्री बितरण गरेको थियो । अपी पावर कम्पणीकी अध्यक्ष सृजना खड्काको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मनतब्य कम्पनीका सञ्चालक द्धारिका प्रसाद न्यौपानेले ब्यक्त गरेका थिए ।

कार्यक्रममा नगर प्रमुखका राजनितीक सल्लाहकार भरत भण्डारी,पुर्ब वडा अध्यक्ष असलम देवान,पुर्ब न्यायीक समिती सदस्य कैमुदिन अंसारी,नेकपा एमालेका जीतपुरसिमरा नगर कमिटी अध्यक्ष त्रिलोक बिक्रम ठकुरी,कम्पणीका सञ्चालकहरु शतिश न्यौपाने,ईँद्रमणी धिताल,मिलन खड्का लगायतको सहभागिता रहेको थियो ।

अपी पावर कम्पणी जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२३ मा सञ्चालनको तयारीमा रहेको छ ।

Leave a review