राष्ट्रिय परिचयपत्रको लागि प्रशासनद्वारा थप सेवा प्रवाह

संदिप प्रसाद यादव
569 पाठक संख्या

कलैया । जिल्ला प्रशासन कार्यालय बाराले राष्ट्रिय परिचयपत्र वितरणको लागि मंगलबारदेखि थप सेवा प्रवाह शुरु गरेको छ।

बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले एक प्रेस विज्ञप्ति मार्फत यसबारे जानकारी दिएका हुन्।

विगत केही दिनदेखि राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप अत्याधिक बढेको हुँदा सेवाग्राहीहरुको सुविधा र सहजतालाई ध्यानमा राख्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन थप सेवा प्रवाह गरिएको हो।

राष्ट्रिय परिचयपत्रको विवरण संकलन सम्बन्धी सेवा सार्वजनिक विदाको दिन बाहेक प्रत्येक दिन बिहान ७ः३० बजेदेखि साँझ ७ः०० सम्म कायम रहनेछ।

राष्ट्रिय परियचपत्रको कार्ड वितरण सम्बन्धी कार्य प्रत्येक हप्ताको बिहीबार र शुक्रबार मात्र सेवा प्रवाह हुने भट्टराईले जनाएका हुन्।

Leave a review

This will close in 0 seconds