सिमराको रामवनमा सडक ढलानको शिलान्यास

साझेदारी दैनिक
382 पाठक संख्या

सिमरा : जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ को राममनमा शिबनाथ चौधरीको घर देखी भास्कर बस्नेतको घर सम्मको सडक ढलानको काम शुरु भएको छ

उक्त सडक ढलानको एक कार्यक्रमका बिच प्रदेश सभा सदस्य देवनारायण चौधरीले मंगलबार शिलान्यास गर्नु भएको थियो । जीतपुर सिमरा उपमहानगरपालिका बाट बिनियोजित बजेट रकमबाट सो सडक ढलान हुन लागेको हो।

शिलन्यास कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी,नेकपा एमाले मधेश प्रदेश सचिव मनोज पौडेल,वडा कमिटी अध्यक्ष शुक्रबहादुर श्रेष्ठ,कार्यवाहक वडा अध्यक्ष माया बिक,वडा सदस्य चिन बहादुर चीनबहादुर पाख्रिन,देवनारायण चौधरी,अनिता क्षेत्री,एमाले नेता अमृतलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

Leave a review

This will close in 0 seconds