कलैया : पुर्व प्रहरी कर्मचारी परिषद नेपाल बाराको अध्यक्ष पदको जिम्मेवारी पुर्वप्रहरी नायब निरीक्षक नागेन्द्र प्रसाद यादव सर्वसहमतबाट चयन भएका छन् ।
बाराको कलैयामा शनिबार भएको परिषदको बैठकमा पुर्व प्रहरी कर्मचारी परिषद नेपाल बाराको अध्यक्षमा पुर्व प्रहरी नायब निरीक्षक यादवलाई कामकाजलाई अगाडि बढाउन जिम्मेवारी दिएको हो ।
वैठकले यसअघिका परिषद अध्यक्ष तत्कालिन अध्यक्ष पुर्वप्रहरी निरीक्षक मदन प्रसाद यादवलाई हटाएर नागेन्द्रलाई अध्यक्षको जिम्मेवारी दिईएको हो।
यसैगरी वैठकले समितिको सह सचीवमा चन्देश्वर साहलाई पनि कामकाज गर्ने गरि जिम्मेवारी सर्वसहमतबाट दिएको छ । सो बैठकले प्रत्येक महिनाको २५ गते बैठक गर्ने निर्णय गरेको छ ।
उक्त बैठकमा पुर्व प्रहरी कर्मचारी परिषद जिल्लाका पदाधिकारी,कर्मचारी,पुर्व प्रहरीहरु लगायतको उपस्तिथि रहेको थियो । अध्यक्ष पदको जिम्मेवारी पाएका यादव यसअघि कोषाध्यक्षको रुपमा कार्यरत थिए ।


