स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

साझेदारी दैनिक
364 पाठक संख्या

वीरगञ्ज : पत्रकारहरूमाथि दुव्र्यवहार गरेको आरोपमा स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सामा आधा दर्जन भन्दा बढी पत्रकारहरूले ठाकुर विरुद्ध पत्रकारहरूलाई दुव्र्यवहार गरेको भन्दै अभद्र व्यवहार गरेको भन्दै उजुरी दिएपछि उनी पक्राउ परेका हुन ।

वीरगञ्जस्थित क्लासिक ब्यांक्वेटमा असार २२ गते (आइतबार) स्वास्थ्य कार्यालय पर्साद्वारा आयोजित स्वास्थ्य सम्बन्धी तालिमको समाचार सङ्कलनका लागि पुगेका पत्रकारहरूमाथि अधिकृत ठाकुरले मादक पदार्थ सेवन गरी अपशब्द प्रयोग गर्दै गालीगलौज र अभद्र व्यवहार गरेको आरोप लगाईएको छ ।

पत्रकारहरुले उजुरी दिएपछि पर्सा प्रहरीले ठाकुरलाई छलफलका लागि बोलाएको थियो । तर, छलफल कुनै निष्कर्ष नटुंगिएकाले उनलाई प्रहरीले नियन्त्रणमा लिएको पर्साका एक पत्रकारले बताएका छन ।

घटना प्रति नेपाल पत्रकार महासंघ मधेस प्रदेश र जिल्ला शाखासहित प्रेस चौतारी नेपाल पर्सा, प्रेस सेन्टर नेपाल पर्सा, नेपाल प्रेस युनियन पर्सा र समाजवादी प्रेस सङ्गठन पर्सा नेपाल पर्साले लगायतकाले प्रेस विज्ञप्ति जारी गर्दै ठाकुरमाथि तत्काल कानुनी कारबाहीको माग गरेको नेपाल पत्रकार महासङ्घ पर्साका सचिव एवम् प्रवक्ता विजय महतोले जानकारी गराए ।

एक पत्रकारका अनुसार उक्त होटलमा चलचित्र पत्रकार सङ्घले आयोजना गरेको अर्को कार्यक्रममा सहभागी हुन पुगेका पत्रकारहरू भूलवश स्वास्थ्य कार्यालयको कार्यक्रम पुगेपछि अधिकृत ठाकुरले आक्रोशित भई अभद्र व्यवहार गरेको जनाईएको छ ।

Leave a review