वीरगञ्जमा आकस्मिक रक्तदान,एक सय ६९ जनाले गरे रक्तदान

साझेदारी दैनिक
436 पाठक संख्या

वीरगञ्ज : वीरगञ्जमा आकस्मिक रक्तदान कार्यक्रम भएको छ। नेसनल इन्फोटेक कलेजले बुधबार कलेज परिसरमा गरेको उक्त कार्यक्रममा २४ जना महिला सहित एक सय ६९ जनाले रक्तदान गरेका छन्।

बढदो गर्मीसंगै रगतको अभाव हटाउन वीरगञ्ज १५ ब्रहमचोकमा अवस्थित कलेज परिसरमा आकस्मिक रक्तदान भएको हो। कलेजका संचालकद्वय मनिष सिंह काजल सिंहले रक्तदाताहरुलाइ ब्लड क्लेक्सन ब्याग दिदै रक्तदान गरी कार्यक्रमको उद्घाटन गरेका हुन्।

सो अवसरमा रक्तदान गर्नेहरुमा काजल सिंह मनिष सिंह रहेका छन्। यस्तै सयोनी कुमारी, रबिना खातुन,मनिका यादव,स्नेहा साह,सम्झना यादव,रानु पाल,कन्चन कुमारी ,सुजाता यादव,चित्रलेखा कुमारीले रक्तदान गरेका हुन्। रक्तदान जीवन दान भन्दै सुधिर पटेल,जितेन्द्र कुमार साह,जितेश पटेल,रोहित मण्डल ,चन्दन महतो कहार,शशी बरनवाल,आयुष शर्मा,राहुल कुमार गुप्ता, लगायत रक्तदाताहरुले रक्तदान गरेका हुन्।

उक्त अवसरमा वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह ,नेपाल रेडक्रस सोसाइटी रानिघाट उपशाखा सभापति सतिश सिंह राजपुत, सामाजिक अभियन्ता दिवेश मानवसेवा,ओमकुमार झा,राजन श्रीवास्तव,कलेजका एशिया डाइरेक्टर सुधिर पटेल, सन्चारकर्मिहरु अर्जुन चौधरी,अभिलाश गुप्ताको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा कलेजका शिक्षकहरु,विद्यार्थीहरु,कर्मचारिहरु एवं स्थानीयहरुको बाक्लो सहभागिता रहेको थियो। प्रत्येक ३ तीन महिनामा हाम्रो रगत आफै समाप्त भएर खेर हुने र नया रगत बन्ने भएकोले सम्पुर्णलाई रक्तदान गरी सहयोग गर्न उक्त अवसरमा आग्रह गरिएको थियो।

रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक धिरेन्द्र झाको नेतृत्वमा स्वयंसेवक टोलिले रक्तदान कार्यक्रममा रक्तदाताहरुलाइ सघाएका हुन्।

Leave a review

This will close in 0 seconds