संविधानसभा सदस्य स्व.यादवको श्रद्धाञ्जली सभा सम्पन्न

साझेदारी दैनिक
399 पाठक संख्या

कलैया : नेपाली कांग्रेसका वरिष्ठ नेता तथा संविधानसभा सदस्य राम अयोध्या यादवयुको १३औं पुण्यतिथिको अवसरमा सुवर्णमा आईतबार श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

उक्त श्रद्धाञ्जली सभा श्रमा प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेसका महामन्त्री माननीय गगन थापाले सम्बोधन गर्नु भएको थियो । सोही अवसरमा बोल्दै महामन्त्री थापाले संविधान सभामा संगै कामगर्ने अवसर मिलेकाले उहाँलाई आफुले धेरै नजिकबाट बुझेको बताउनुभयो । स्वार्गिय यादव सालिन, सज्जन र मृदुभाषी रहनु भएको बताउदै उहाले आफुलाई लागेको कुरा र सही तरिकाले तार्किक रुपमा राख्न सक्ने नेता भएको महामन्त्री थापाले बताए ।

यसैगरी श्रद्धाञ्जली सभामा सह– महामन्त्री फारमुल्लाह मन्सुर,स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय प्रदीप पौडेल,मधेस प्रदेश सभापति तथा संसदीय दलका नेता कृष्ण यादव, डा. शोभाकर पराजुली लगायतकाले सम्बोधन गर्दै स्वार्गिय यादव प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो।

Leave a review

This will close in 0 seconds