वातावरण संरक्षण सम्बन्धी चित्रकला प्रतियोगिता सम्पन्न

राजेश कुशवाहा
504 पाठक संख्या

कलैया : बाराको कलैया उपमहानगरपालका वडा नम्बर १७ स्थित श्री महावीर राष्ट्रिय मावि ब्रहमपुरीमा आईतबार वातावरण संरक्षण तथा विद्यार्थीको भूमिका विषयक चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।

वडा अध्यक्ष दिपेन्द्र महतोको प्रमुख आतिथ्यतामा विद्यालयका प्रधानाध्यापक रमेश कुशवाहाको अध्यक्षतामा उक्त प्रतियोगिता सम्पन्न भएको हो। चित्रकला प्रतियोगितामा उक्त विद्यालयमा कक्षा नौ मा अध्ययनरत छात्र सन्देश शाह प्रथम, कक्षा ४ मा अध्ययनरत छात्रा कृति महतो द्वितीय र कक्षा ९ मा अध्ययनरत छात्र बलिराम शाह तृतीय भएका थिए।

उक्त प्रतियोगितामा २५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो। प्रतियोगिताका बिजेता तथा उप बिजेतालाई पुरस्कार समेत प्रदान गरिएको थियो। उक्त अवसरमा बोल्दै वडा अध्यक्ष दिपेन्द्र महतोले विद्यार्थीहरूले वातावरण सम्बन्धी बनाएका चित्रहरू मार्फत आजभोलि हामीले भोगिरहेको अवस्थाको ज्वलन्त उदाहरण प्रस्तुत बताए ।

यस चित्रले दिएका सन्देश चित्रमा मात्र सीमित नराखी आफ्नो जीवनमा समेत उतार्नुपर्ने तथा वातावरण संरक्षणमा सबै सहभागी हुनुपर्नेमा उनको जोड रहेको थियो। सो अवसरमा बोल्दै विद्यालयका प्रधानाध्यापक रमेश कुशवाहाले वातावरण संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए। उनले वातावरण संरक्षण नभएका कारण धेरै समस्या भोग्नु परेको उनले बताए।

प्रतियोगितामा सहभागी विद्यार्थीहरूले वातावरण संरक्षण र विद्यार्थीको भूमिका झल्कने खालका चित्रहरू बनाई विद्यालयको प्राङ्गणमा टाँसी प्रदर्शन समेत गरेका थिए। सामाजिक परिवर्तन केन्द्र काठमाडौँले यस विद्यालयका कक्षा १० का पाँच जना विद्यार्थीहरूलाई बतावरणीय हिंसा सम्बन्धी तालिम दिएको थियो। उक्त प्रतियोगितामा विद्यालयका शिक्षक रामाकान्त यादवले सहजीकरण गरेका थिए।

Leave a review

This will close in 0 seconds