पानी नपरेपछि भर्खरै रोपेको धानखेतमा धाजा फाट्न थाल्यो

साझेदारी दैनिक
480 पाठक संख्या

कलैया : साउन महिनाको पहिलो साता भईसक्यो तर अहिले तराईका खेतहरु सुख्खा भएर वसेका छन ।

पर्याप्त बर्षा हुन नसकेपछि खेतबारी सुख्खा भएको हो । यो बर्ष तराईका जिल्लाहरुमा लामो समय खडेरी गएपछि अझैपनि २०देखी ३० प्रतिशतमा धान खेती हुन सकेको छ। धानखेती भएका खेतहरुमा पनि पानीको अभावले रोपिएका धानहरु मर्न थालेका छन ।

नहर, कुलोको पानी पनि नहुनु र अकासे पानी पनि लामो समयदेखी नपरेपछि अहिले बारा,पर्सा र रौतहटका किसानलाई भर्खरै रोपेको धानबाली जोगाउने हम्बे हम्बे परेको छ । पानी नपरेपछि भर्खरै रोपेको धानखेत अहिले धाँजा फाट्न थालेको छ ।

बारा, पर्सा सहित मधेस प्रदेशका ८ वटै जिल्लाहरुका अधिकांश भेगमा पर्याप्त मात्रामा पानी नपरेपछि धानखेतहरुमा रोपिएका धानबाली सुक्न थालेको र धाँजा फाट्न थालेको छन ।

पानी नपरेपछि किसानले पप्पसेट, डिप बोरिङ, नहर, स्यालो ट्युबवेल लगायतका सहायताले पानी लगाउने गरेको भएपनि अत्याधिक तापक्रम बढ्दै गएपछि एक दिन पनि खेतबारीमा पानी नवस्ने समस्या रहेको बारा कलैया उपमहानगरपालिका २ का किसान रामबावु प्रसाद राउतले बताएका छन । बोरिङको सहायताले जेनतेन धान रोपाइँ गरे पनि अहिले रोपिएका धानलाई जोगाउन निकै गाह«ो भएको राउतले बताए ।

कृषि ज्ञान केन्द्र पर्साका प्रमुख रामजीवन ठाकुरका अनुसार पर्सामा ८० प्रतिशत धान रोपाइँ भए पनि पानी अभावका कारण खेतमा लगाइएका धानहरु मर्न थालेको बताए । पर्सामा ३९ हजार ७३१ हेक्टरको ८० प्रतिशत अर्थात् ३१ हजार ७८४ हेक्टरमा धान रोपाइँ भइसकेको प्रमुख ठाकुरले जानकारी गराए ।

Leave a review

This will close in 0 seconds