वार्षिकोत्सवको अवसरमा ‘कर्पोरेट लिडर्स मिट’ सम्पन्न

साझेदारी दैनिक
173 पाठक संख्या

वीरगंज : वीरगंज पब्लिक कलेजले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा विशेष कार्यक्रम ‘कर्पोरेट लिडर्स मिट’ शुक्रबार आयोजना गरेको छ। कार्यक्रममा उद्योग र शैक्षिक क्षेत्रबीचको अन्तर घटाउने विषयमा केन्द्रित रही व्यापक छलफल गरिएको थियो।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतम र कलेजका संस्थापक अध्यक्ष प्रा. डा. दीपक शाक्यले संयुक्त रूपमा दीप प्रज्वलन गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए। कलेजका सहायक प्रमुख डा. अरविन्द श्रेष्ठले स्वागत मन्तव्य गरे।

कलेजले हाँसिल गरेका उपलब्धि र उद्योगसँग सहकार्यका आगामी योजनाबारे उनले जानकारी दिए। प्यानल डिस्कसनमार्फत कर्पोरेट र शैक्षिक संस्थाबीच आवश्यक सीप, व्यवहारिक अनुभव, तथा बजारको मागअनुसार पाठ्यक्रम परिमार्जनको आवश्यकताबारे छलफल भएको थियो।

कार्यक्रममामा हरिप्रसाद गौतम, टंक भट्टराई, सुरेन्द्र बतास, र थानेश्वर सापकोटाले प्रमुख वक्ताको रुपमा आप्mनो भनाई राखेका थिए। वासु कर्णले मोडरेशन गरेका थिए।

सोही अवसरमा कलेजले विभिन्न क्षेत्रका कर्पोरेट लिडर्सलाई सम्मान गरेको थियो। क्याम्पस प्रमुख डा. विनय श्रेष्ठले समापन मन्तव्य तथा धन्यवाद ज्ञापन गरे। कार्यक्रममा सहजीकरण कलेजका वरिष्ठ प्राध्यापक महेश्वर हाडाले गरेका थिए।

कार्यक्रममा स्थानीय तथा राष्ट्रिय स्तरका प्रतिष्ठित उद्योगपति, व्यापारिक घराना, विभिन्न संघ–संस्थाका प्रतिनिधि, प्राध्यापक, विद्यार्थी तथा पूर्वविद्यार्थीहरूको सहभागिता थियो।

Leave a review

This will close in 0 seconds