तामागढी बचत तथा ऋण सहकारी संस्था मधेस प्रदेशमै उत्कृष्ट

साझेदारी दैनिक
601 पाठक संख्या

कलैया । बाराको कोल्हवी नगरपालिका–१ स्थित तामागढी बचत तथा ऋण सहकारी संस्था लि. मधेस प्रदेशमै उत्कृष्ट सहकारी घोषित भएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को ३८ औँ स्थापना दिवसको अवसरमा शनिबार काठमाडौमा आयोजित कार्यक्रममा तामागढी सहकारीलाई ‘मधेस प्रदेश उत्कृष्ट सहकारी’ घोषित गरिएको हो ।

सो कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले संस्थाका अध्यक्ष एकराज आचार्यलाई प्रदान गर्नु भएको हो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले उत्कृष्ट सहकारी संस्था र व्यक्तिलाई सम्मान प्रदान गर्दै आगामी दिनमा अझ राम्रो काम गर्न शुभकामना व्यक्त गरे ।

नेफ्स्कूनले विगतमा स्थापना दिवसमा मात्र घोषणा गरी साधारण सभाको अवसरमा पुरस्कार वितरण गर्दै आएकोमा यस वर्षदेखि भने स्थापना दिवसकै अवसरमा सम्मान प्रदान गर्न सुरु गरेको हो ।

उक्त कार्यक्रम नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा भएको थियो ।

Leave a review

This will close in 0 seconds