जनाधार आफ्नो पक्षमा रहेकोले बहुमत सहित चुनाव जित्ने कांग्रेसका उम्मेदवार यादवको दावी

साझेदारी दैनिक
336 पाठक संख्या

रौतहट : ओम प्रकाश यादव/रौतहटको गढीमाई नगरपालिका -८ का वडा अध्यक्षका उम्मेदवार सुबोध कुमार यादवले अत्याधिक बहुमत सहित आफू चुनाव जित्ने दावी गरेका छन्।

जनमत आफ्नो पक्षमा रहेकोले आफ्नो जीत सुनिश्चित रहेको यादवले बताएका हुन् ।

कांग्रेसका वडा अध्यक्षका उम्मेदवार यादवले आम जनता आफूलाई मत दिन आतुर रहेकोले आफ्ना जीत चाहेर पनि कसैले रोक्न नसक्ने दावी गरे ।

नेपाली कांग्रेसबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका सुबोध कुमार यादवले मङसिर १६ गते हुने उप निर्वाचनमा वडा अध्यक्षमा आफू बहुमत सहित निर्वाचित हुने ठोकुवा गरेका छन्।

घरदैलो एवं चुनाव प्रचार प्रसारको अन्तिम दिन बिहीबार सञ्चारकर्मिसंग संक्षिप्त कुराकानी गर्दै उम्मेदवार यादवले जनता आफ्नो पक्षमा रहेकोले आफू चुनाव जित्नेमा ढुक्क रहेको बताए ।

आफू अन्य उम्मेदवार भन्दा निकै अगाडि रहेको दावी गर्दै सुबोध यादवले आफूसँग कसैको प्रतिस्पर्धा नै नहुने दावी गरे ।

आम जनताले नै आफूलाई उम्मेदवारी दिन आग्रह गरेकोले वडा अध्यक्षमा आफू आम जनताकै सल्लाहमा उम्मेदवारी दिएकोले आम जनता अत्याधिक बहुमत दिएर आफूलाई विजयी गराउने उनले विश्वास व्यक्त गरे ।

जनाधार अर्थात बहुमत आफूसँग रहेकोले कसैले चाहेर पनि आफूलाई पराजित गर्न नसक्ने उनले दावी गरे ।

घरदैलोको क्रममा आम मतदाता संग अपार साथ,सहयाेग र माया पाइरहेकोले आफ्नो जीत सुनिश्चित रहेको हुँदा आफ्ना दलको चुनाव चिन्ह रुख छापमा आफ्ना अमूल्य मत दिई आफूलाई जिताउन उनले सबैलाई आग्रह गरे ।

आफू चुनाव जित्न लागेकोले कसैको कुनै प्रकारको डर, त्रास, भ्रम वा प्रलोभनमा नपरी निर्धक्क भएर रुख चिन्हमा मतदान गरी नेपाली कांग्रेसका उम्मेदवार आफूलाई विजयी गराउन सुबोध कुमार यादवले सबैलाई आग्रह गरेका छन्।

Leave a review