प्रमुख जिल्ला अधिकारीलाई कराते संघद्वारा बिदाई सम्मान

रञ्जन यादव
281 पाठक संख्या

जीतपुर : नेपाल सितोरियो कराते संघ जीतपुरले बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई प्रशंसापत्र प्रदान गर्दै बिदाई गरेको छ।

संघका अध्यक्ष श्रीराम साह र प्रशिक्षक मनोज साहले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारीलाई प्रशंसापत्र हस्तान्तरण गरेका हुन्। उहाँको कार्य अवधिमा गरेका योगदानको उच्च मूल्यांकन गर्दै संघले सम्मान प्रदान गरेको जनाएको छ।

सम्मान ग्रहण गर्दै अधिकारीले यसप्रति कृतज्ञता व्यक्त गर्नु भयो। कार्यक्रममा बोल्दै उहाँले सितोरियो कराते आत्मरक्षाको खेल भएकाले यसको दुरुपयोग नगर्न खेलाडीहरुलाई आग्रह गर्नुभयो। साथै, खेलाडीको अनुशासनलाई गहना भन्दै सहनशील र अनुशासित बन्न आवश्यक रहेको समेत उल्लेख गर्नुभयो।

यता तराई यातायात ब्यवसायी संघ सिमराले पनि एक कार्यक्रमको आयोजना गरी प्रमुख जिल्ला अधिकारीले बिदाई गरेको छ ।तराई यातायात ब्यवसयी संघका अध्यक्ष ओम कृष्ण कार्कीले प्रशंसा पत्र दिई बिदाई गरेका हुन् ।

Leave a review

This will close in 0 seconds