बारामा हरितालिका तीज पर्व हर्षाेउल्लासका साथ मनाईयो

राजेश कुशवाहा
359 पाठक संख्या

कलैया । नेपाली नारीहरुको महान पर्वको रुपमा रहेको हरितालिका तीज पर्व बाराका हिन्दु धर्मावलम्बी महिलाहरुल मंगलबार हर्सोउल्लासका साथ मनाएका छन ।

भाद्र महिनाको शुक्लपक्षको तृतीयाका दिन मनाईने यो पर्व बारा सहित देशभरका महिलाहरुले जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिका लगायत १६ वटै पािलकाहरुमा तीज पर्व मनाइएको हो ।

यसैगरी जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका,कोल्हवी नगरपालिका, परवानीपुर, करैयामाई, महागढीमाई, सिम्रौनगढ नगरपालिका, पचरौता नगरपालिका लगायतका हिन्दु धर्मावलम्बी महिलाहरुले यो पर्व मनाएकी हुन ।

यसैगरी जिल्लाको करैयामाई गाउँपालिका, बारागढी गाउँपालिका, आदर्शकोतवाल गाउँपालिका, सुवर्ण गाउँपालिका, देवताल गाउँपालिका, फेटागाउँपालिका, प्रसौनी गाउँपालिका र परवानीपुर गाउँपालिकामा हरितालिका तीज पर्व मनाईएको छ । पर्वको अवसरमा जिल्लाको बिभिन्न स्थानमा रहेको शिवालयहरुमा बिहानै देखि भक्तजनहरुको भीड लागेको थियो ।

ब्रतालु महिलाहरु नचगान गरी यो पर्व मनाएकी हुन । तराई मधेसका पहाडी समुदायका महिलाहरुमा सिमित रहेको तिज पर्व पछिल्लो समय यहाँका मधेसी समुदाय माझ पनि लोकप्रिय छ । मधेसमा पहिले घरभित्र सिमित रहेर हरितालिका तिज मनाउने महिलाहरु पछिल्लो समय सार्वजनिक स्थलमा निस्केर सामुहिक रुपमा उत्सवमा सहभागी हुने क्रम बढ्दै गएको छ ।

हिन्दु शास्त्र अनुसार पार्वतीले भगवान् शिवजीलाई पति पाऊँ भनी गरेको व्रतबाट तीजको परम्परा चलेको पाइन्छ। जब पार्वतीको चिन्तन, ध्यान, पूजा, उपासना, जप, तप सम्पूर्ण महादेवमा केन्द्रित थियो, उसबेला नारदको याचनाअनुसार पिता पर्वतराज हिमालयले भगवान् विष्णुसँग उनको विवाह निश्चय गर्दछन्।
पिताजीले आफ्नो इच्छाविपरीत भगवान् विष्णुसँग विवाह गरिदिने निश्चय गरेको थाहा पाएपछि पार्वतीलाई असह्य पीडा भयो। उनले आफ्नो वेदना सखीहरूलाई सुनाइन्। सखीहरूले पार्वतीलाई लुकाउने सल्लाह गरे र भगाएर जंगलमा पुर्याए। पार्वती हराएको सूचनाले पर्वतराजको दरबारमा भने हाहाकार भयो।

यसरी सखीहरूले हरण गरेर लुकाएको अवस्थामा पार्वतीले आशुतोष भगवान् शिवजीको तपस्या गरिन्। उनले बालुवाको शिवलिंग बनाई पूजा गरिन् र ॐ नमः शिवाय मन्त्रद्वारा भगवान् शिवजीलाई प्रसन्न गराई वरदानस्वरूप उनै भगवानलाई पतिरूपमा प्राप्त गरिन्। यसप्रकार पार्वतीले सिद्ध गरेको पूजालाई हरितालिका पूजा भन्न थालिएको किम्बदन्ती रहेको छ ।

भाद्र महिनाको शुक्लपक्षको तृतीयालाई हरितालिका भनिन्छ । ‘हरित’को अर्थ हरण गरिएको र ‘आलिका’को अर्थ साथी हुन्छ। पौराणिक प्रसंगअनुसार भाद्र शुक्ल तृतीयाको दिन पर्वतराज हिमालयकी सुपुत्री पार्वतीलाई विष्णुसँग निश्चय गरिएको विवाहबाट जोगाउन उनका सखीहरूले हरण गरेर लुकाएका कारण यस दिनलाई हरितालिका भनिएको हो।हरितालिकाको लोकप्रसिद्ध नाम तीज हो।

हरितालिका तीज विशेषगरी नारीहरूले मनाउने सनातन पर्व हो। धार्मिक रूपमा तीज अन्तर्गत उमामहेश्वरको पूजा गरी निराहार व्रत बस्ने र भोलिपल्ट व्रतको पारणा गरेर भोजन गर्नेसम्मका कृत्यहरू पर्दछन्। तीजमा निराहार व्रत बसी पार्वतीसहित भगवान् शिवको पूजा–आराधना गर्ने विधान छ।

यसका साथै हरितालिका तीजमा दरका रूपमा विशेष खानपान, नाचगान र मनोरञ्जन समेत गरिन्छ। यो पर्व नेपाल, भारतलगायत हिन्दुहरूको बसोबास भएका अन्य मुलुकमा समेत मनाइन्छ। तीजमा मीठामीठा परिकार आफैंले पकाएर आफन्तहरूलाई बोलाएर आफ्नै मिहिनेतको फल खाने र खुवाउने चलन छ।

Leave a review

This will close in 0 seconds