कोल्हवी नगर उद्योग वाणिज्य संघको अध्यक्षमा प्रसाईं विजयी

साझेदारी दैनिक
214 पाठक संख्या

कोल्हवी : धिरेन्द्र पनुहर/ कोल्हवी नगर उद्योग बाणिज्य संघको अध्यक्षमा राम प्रसाद प्रसाईं बिजयी भएका छन्।

तेस्रो कार्यकालको लागि सम्पन्न निर्वाचनमा अध्यक्षमा प्रसाईं स्टेशनरी कोल्हबीका संचालक प्रसाईं १७७ मत ल्याई बिजयी भएका हुन्। उनको निकटतम प्रतिद्वन्दी लक्ष्मी प्रसाद कलाकारले ८९ मत ल्याएका हुन्।

त्यस्तै उपाध्यक्ष (बाणिज्य ) प्रेमनारायण चौधरीले २०५ मत ल्याई बिजयी भएका छन्। उनको निकटतम प्रतिद्वन्दी प्रलाद साह तेलिले ११२ मत ल्याएका हुन्।

उपाध्यक्ष ( उधोग ) बिनोद साह गोला प्रथाद्वारा बिजयी भएका छन्। महासचिव पदमा हरिओम कुमार रौनियारले १९१ मत ल्याई बिजयी भएका छन्। उनको निकटतम प्रतिद्वन्दी शम्भुसाह कलवारले १४१मत प्राप्त गरेका हुन्।

कोषाध्यक्षमा प्रेमकुमारी चौधरीले १२९ मत ल्याई बिजयी भएकीछन्। उनको निकटतम प्रतिद्वन्दी राजु लामा तमाङले १२० मत प्राप्त गरेका थिए।सचिवमा बिरेन्द्र गुप्ताले १६१ मत ल्याइ बिजयी भएका छन्। उनको निकटतम प्रतिद्वन्दी सुनिल कुमार साहले ८६ मत ल्याएका हुन्। का स स शुबास मैनालीले १६८ मत प्राप्त गरि बिजयी भएका छन्।

Leave a review