अविरल वर्षाका कारण कलैया वितरण केन्द्रका अधिकांश फिडर अवरुद्ध

साझेदारी दैनिक
315 पाठक संख्या

कलैया । शुक्रबार रातिदेखि परेको अविरल वर्षा, हावाहुरी र चट्याङका कारण कलैया वितरण केन्द्रबाट सप्लाइ हुने अधिकांश फिडर फल्ट भई अवरुद्ध भएका छन्।

यसका कारण बाराका विभिन्न स्थानमा बिहानैदेखि विद्युत अवरुद्ध रहेको नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रले जनाएको छ। विद्युत आपूर्ति पुनः सुचारु गर्न मर्मत सम्भार टोली परिचालन गरिएको छ।

अविरल वर्षा र हावाहुरीका कारण कतै तार चुडिनु, पोल ढल्नु वा वितरण लाइनमा क्षति पुगेको भए तत्काल कलैया वितरण केन्द्रमा जानकारी दिन अनुरोध गरिएको छ।

Leave a review