बारामा ४८ जोडी फुटबल जुत्ता बरामद

साझेदारी दैनिक
386 पाठक संख्या

कलैया । बारा प्रहरीले भारतबाट भन्सार छलि गरि ल्याइएको ४८ जोडी फुटबल जुत्ता बरामद गरेको छ।

प्रहरी चौकी मुसहर्वाबाट खटिएको गस्ती टोली र बलिरामपुर चोकमा रहेको ड्यूटी टोलीले शनिबार बिश्रामपुर गाउँपालिका–५ ईटियाहीस्थित क्षेत्रमा भारतबाट नेपाल तर्फ ल्याइरहेको फुटबल जुत्ता बरामद गरिएको हो । प्रहरीलाई देख्नेसाथ उक्त जुत्ता फालेर मोटरसाइकलसहित मानिस फरार भएको अवस्थामा जुत्ता बरामद गरिएको हो ।

उक्त बरामद गरिएको जुत्ताको मूल्य करिब ७२ हजार रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराय पण्डितले जानकारी दिएका छन्। उनका अनुसार जुत्ता अहिले प्रहरी चौकी मुसहर्वामा राखिएको छ।

Leave a review

This will close in 0 seconds