जीतपुरसिमरामा हैजबिरुद्धको खोप अभियान आजदेखि सुरु

रञ्जन यादव
368 पाठक संख्या

जीतपुर । बाराको ६ वटै पालिकामा असोज २७ गते आजदेखि हैजा महामारीविरुद्धको प्रतिकार्य खोप अभियान सञ्चालन गर्ने भएसंगै जीतपुरसिमरा उपमहानगरपालिकामा पनि अभियान सुरु भएको छ।

उपमहानगरपालिका अन्तरगत २४ वटै वडाहरुमा १ बर्ष भन्दा माथिका सबैलाई यो खोप संचालन गरिने जीतपुरसिमरा उपमहानगरपालिकाको जन स्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख रबि भाष्करले जानकारी दिए । उनले जीतपुरसिमरा उपमहानगरपालिकामा १ लाख २७ हजार ९ सय ५६ जनालाई खोवाउँने लक्ष्य राखिएको जानकारी दिए ।

खोपको बारेमा जानकारी दिने उदेश्यले बाराको सिमरामा जीतपुरसिमरा उपमहानगरपालिकाले आईतबार एक कार्यक्रमको आयोजना गरी जनप्रतिनिधि र पत्रकारलाई जानकारी दिएको हो । कार्यक्रममा नगर प्रमुख राजन पौडेलले बिभिन्न उद्योगमा कार्य गर्ने मजदुर तथा कर्मचारीहरुलाई उनीहरुले कार्य गर्ने प्रतिष्ठानसँग समन्वय गरी स्वास्थ्यकर्मीहरुलाई खोप लगाउँन निर्देशन दिए ।

त्यसैगरी जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुर स्थित जीतपुर प्राथमिक स्वास्थ्य चौँकीले पनि एक कार्यक्रमको आयोजना गरी खोपको बारेमा शिक्षक ,धर्मगुरु र बिभिन्न संघसंस्थाका ब्यक्तिहरुलाई जानकारी दिएको स्वास्थ्य चौकीका जाहिद हुसैनले जानकारी दिए ।

उक्त कार्यक्रममा वडा अध्यक्ष सुनिल गुप्ताले मानिसहरुलाई खोजी खोजी यो खोप लगाउँन अनुरोध गरेका छन।

अभियान अन्तरगत प्रारम्भिक चरणमा जिल्लाका ६ पालिकामाहरु कलैया, जीतपुरसिमरा, परवानीपुर, प्रसौनी, फेटा र विश्रामपुरमा खोप अभियान केन्द्रित रूपमा सञ्चालन गरिने स्वास्थ्य कार्यालय बाराले जनाएको छ।

Leave a review