प्रादेशिक अस्पताल कलैयामा एआरभी भ्याक्सिन नहुँदा सेवा अवरुद्ध

साझेदारी दैनिक
268 पाठक संख्या

कलैया । प्रादेशिक अस्पताल कलैयामा एन्टी रेबिज भ्याक्सिन (एआरभी) नहुँदा सेवा अवरुद्ध भएको छ । यता अस्पतालले शुक्रबार एक सूचना जारी गर्दै हाल एआरभी भ्याक्सिन सकिएको र सेवा पुनः सुरु गर्नका लागि आवश्यक आपूर्तिको प्रतीक्षा भइरहेको जनाएको छ।

“प्रादेशिक अस्पताल कलैया,बारामा एआरभी भ्याक्सिन हाल सकिएकोले सम्बन्धित सबै सेवाग्राहीमा जानकारी गराइन्छ । यसबाट सेवाग्राहीहरूमा पर्न गएको असुविधाप्रति अस्पताल क्षमाप्रार्थी छ ।” आस्पतालद्वारा जारी सूचनामा उल्लेख छ ।

अस्पतालका अनुसार मधेश प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र, जनकपुरधामबाट भ्याक्सिन प्राप्त भएपछि सेवा पुनः सञ्चालन हुने छ। एन्टी रेबिज भ्याक्सिन कुकुरले टोकेको घटनामा अनिवार्य रुपमा दिइने खोप हो। पछिल्ला दिनमा यो भ्याक्सिनको आपूर्ति नहुँदा उपचारका लागि आएका बिरामीहरूलाई असुविधा भइरहेको छ।

Leave a review

This will close in 0 seconds