पूजा आराधना गरी मनाईयो हरिबोधनी एकादशी

साझेदारी दैनिक
241 पाठक संख्या

कलैया : बारामा भगवान विष्णु नारायणको पूजा आराधना गरी शनिबार हरिबोधनी एकादशी मनाईएको छ ।

जिल्लाको १६ पालिकाका हिन्दुधर्मावलम्बीहरुले भगवान विष्णु नारायणको पूजा आराधना गरी हरिबोधनी एकादशी मनाएका हुन । भगवान विष्णु उठेको दिनको प्रतीकको रुपमा यो एकादशी विशेषगरी तागाधारीहरुले मनाउने गर्छन । यस अवसरमा घरघरमा रहेको तुलसी मठ सिगारिएको छ ।

श्रद्धालुहरुले यस अवसरमाव्रत वसेकाछन्। चारमहिना अघि हरीशयनी एकादशीको दिन भगवान विष्णु क्षीरसागरमा सुतेका थिए । त्यहीदिनदेखी चर्तुमासा शुरु भएको थियो । हरिशयनी एकादशीदेखि हरिबोधनी एकादशीका दिनसम्म ४ महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा आराधना गर्दछन् ।

आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका भगवान विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ ।

हरिबोधनी एकादशीका दिन शनिवार हिन्दुधर्मालम्बीहरुले आ आफ्ना घरघरमा रोपिएको तुलसीको आज विवाह गरि पुजाआजा गरि मनाएका छन । यो दिनलाई तुलसी विवाहा पनि भन्ने गरिन्छ ।

Leave a review

This will close in 0 seconds