कलैया । पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. २८ को एक पोखरीमा डुबेर बाराको एक जना बालकको मृत्यु भएको छ।
सिधुवाटोलस्थित छठिघाट नजिकको पोखरीमा डुबेर मृत्यु हुनेमा बारा जिल्लामाको विश्रामपुर गाउँपालिका वडा नं ५ मुसहरवा बस्ने कन्हाई साहको १२ वर्षीय छोरा शनीकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
शुक्रबार बिहान १० बजेतिर एकजना बालकको डुबेको जानकारी स्थानीयवासीले सशस्त्र प्रहरीलाई दिएपछि सशस्त्र प्रहरी बल नेपाल बेस क्याम्प बेलवाबाट सशस्त्र प्रहरी नायव निरीक्षक लोकबहादुर कार्कीको कमाण्डमा ५ जना, सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण मुख्यालय पर्साबाट सशस्त्र प्रहरी सहायक निरीक्षक संजिव यादवको कमाण्डमा ७ जनाको उद्धार टोली र वडा प्रहरी कार्यालय बिर्ताबाट प्रहरी निरीक्षक नवीन थापाको कमाण्डमा प्रहरीको टोली खटिएको थियो ।
उद्धार टोलीले खोजीकार्यपछि बालकको शव पोखरीबाट बाहिर निकालेर आवश्यक कानूनी प्रकृयाका लागि नेपाल प्रहरीलाई बुझाएको जानकारी प्राप्त भएको छ।

