बाराका प्रजिअ घिमिरेको सरुवा,राष्ट्रिय विपद्का अधिकारी आउने

संदिप प्रसाद यादव
388 पाठक संख्या

कलैया : बाराका प्रमुख जिल्ला अधिकारी(सिडिओ) परिवर्तन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको सरुवा भएसंगै प्रजिअ(सिडिओ) परिवर्तन हुने भएको हो ।

बारामा कार्यरत प्रमुख जिल्ला अधिकारी घिमिरेलाई गृह मन्त्रालय वा गृह मन्त्रालय अन्तर्गतमा निकायमा सरुवा भएको छ ।

गृह मन्त्रालयले शुक्रबार बाराका प्रजिअ घिमिरे सहित विभिन्न १७ जिल्लाका प्रमुख जिल्ला अधिकारी र अन्य गरी २७ जना कर्मचारीहरुको सरुवा गरेको छ ।

सरुवा भएका प्रजिअ घिमिरे गत १० महिना अघि बारा आएका छन । उनले आएदेखि जिल्लाको शान्ति सुरक्षाको जिम्मेवारी सम्हाल्दै काम गर्दै आईरहेका थिए । उनी २०८० माघ ०३ गते जिल्ला प्रशासन कार्यालय बारामा हाजिर भएका थिए ।

यसैविच बाराबाट सरुवा भएर जान लाग्नु भएका प्रजिअ घिमिरेको स्थानमा गृह मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव बसन्त अधिकारी बारामा सिडिओको रुपमा आउने एक स्रोतले जानकारी दिएको छ ।

उता पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको अध्यागमन कार्यालय गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा सरुवा भएको छ। सरुवा भएका भुसालको ठाउमा रुपन्देहीका प्रजिअ गणेश अर्याल जनाईएको छ ।

Leave a review

This will close in 0 seconds