कलैयामा दुई नयाँ मोडेलको मोटरसाइकल सार्वजनिक

साझेदारी दैनिक
548 पाठक संख्या

कलैया : शंकर समूह अन्तर्गतको जगदम्बा मोटर्स प्रा. लि. नेपालमा टिभिएस मोटर कम्पनीको आधिकारिक वितरकले दुई नयाँ मोडलको मोटरसाइकल सार्वजनिक गरेको छ।

बाराको कलैया उपमहानगरपालिका –४ स्थितकलैया-बरियारपुर सडकखण्डमा रहेको करण इन्टरप्राइजेजमा बिहिवार ति मोटरसाइकल सार्वजनिक गरिएको हो।

हेड सेल्स मन्टु जयसवालले ति मोटरसाइकल सार्वजनिक गरेको करण इन्टरप्राइजेजका संचालक पप्पु जयसवालले जानकारी दिए। जगदम्बा मोटर्सद्वारा टिभिएस अपाचे आरटिआर १६० २ भि एफआई बिएस ६ र टिभिएस राइडर आइजिओ मोटरसाइकल सार्वजनिक गरिएको हो।

यी दुवै मोटरसाइकलले शक्ति, शैली र सुविधामा नयाँस्तर ल्याउने विश्वास गरिएको छ। यो नयाँ संस्करणमा बिएसटी फ्यूल इन्जेक्सन प्रविधिको प्रयोग भएको छ, जसले दमदार पावर, उत्कृष्ट माइलेज र प्रिमियम युरोपेली लुक प्रदान गर्छ।

नेपालको नयाँ रफ्तार नयाँ पुस्ताका राइडरहरूलाई लक्षित गर्दै ल्याइएको राइडर, स्टाइल र परफर्मेन्स दुवै चाहनेकालागि आदर्श विकल्प रहेको बताइएको छ।

Leave a review