१२ बर्षदेखि संतगञ्जको छोटी भन्सार कार्यालय बन्द हुदाँ स्थानीय उपभोक्ता, खुद्रा र स-साना ब्यापारीहरु मारमा

राजेश कुशवाहा
318 पाठक संख्या

कलैया : बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ३ संतगञ्जमा रहेको छोटी भन्सार कार्यालय बिगत १२ बर्षदेखि बन्द अवस्थामा रहेको छ । छोटी भन्सार कार्यालय बन्द हुदाँ स्थानीय उपभोक्ता, खुद्रा तथा स साना ब्यापारीहरु मारमा परेका छन ।

छोटी भन्सार कार्यालय संचालनमा नआउदा स्थानीय उपभोग्ता तथा ब्यापारीहरुलाई सिमावर्ती भारतीय बजारमा दैनिक उपभोग्य मालसमान खरिद गर्न समस्या भएको संतगञ्ज बिनोद गिरीले बताएका छन । बीरगञ्ज भन्सार कार्यालयले कर्मचारी नपठाएका कारण २०७० साल देखि नै छोटी भन्सार कार्यालय बन्द भएको गिरीले जानकारी दिए ।

छोटी भन्सार सञ्चालन हुदाँ स्थानीय ब्यापारीहरुलाई सिमावर्ती भारतिय बजार छौडादानो बाट माल समान खरिद गर्न सहज हुने गरेको थियो ।स्थानीय सरकार आएपछि अहिले सम्म कसैले छोटी भन्सार कार्यालय सञ्चालन गर्नुपर्छ भनी चासो न लिएको गिरीले बताए । छोटी भन्सार कार्यालय सञ्चालन नभएका कारण सिमा नाका बाट हुने माल समानको तस्करी समेत बढेको उनको भनाई छ ।

भन्सार कार्यालय सञ्चालन भयो भने सिमा नाकाबाट हुने तस्करी समेत घटने र नेपाल सरकारको राजस्व संकलन समेत हुने गिरी बताउछन । यता सिमा नाकामा सुरक्षाकर्मीले जति निगरानी बढाएपनि अबैध माल समानको तस्करी नियन्त्रण हुन भने सकेको छैन ।

Leave a review