किसान अन्नदाता हुन भुक्तानी समयै हुनुपर्छ : संचालक संघाइ

संदिप प्रसाद यादव
399 पाठक संख्या

कलैया : बारामा रहेको रिलायन्स सुगर एण्ड केमिकल ईन्डस्ट्रीजका मुख्य संचालक वीरेन्द्र संघाइले किसान अन्नदाता भएकाले भुक्तानी रकम समयमै मिल्नु पर्ने बताएका छन् ।

बाराको कलैया उपमहानगरपालिका –२४ श्रीपुरमा रहेको रिलायन्स चिनी मिलको डोङ्गा पुजामा सोमबार उनले यस्तो बताएका हुन् ।उनलेदुई र तिन दिनमा चिनी मिल संचालनमा आउने उनले बताएका छन् । साथै किसानले खेतमा धेरै मात्रामा उखु लगाउन मुख्य संचालक संगाईले आग्रह गरे । प्रत्येक बर्ष चिनी मिलमा उखु क्रसिङ्ग भन्दा पहिले विशेष पुजापाठ गरि मिल सन्चालन गर्ने परमपरा रहदै आए हुँद सो पुजा गरिएको क्यान मेनेजर अवध झाले जानकारी दिए ।

क्यान म्यानेजर झाले उखु चलानको म्यासेज आएपछि आफ्नो समयमा उखु ल्याउन आग्रह गरेका छन् । फ्याक्ट्रिमा कुनै पनि समस्या वा नोक्सानी नहोस भनेर आफ्नो उखुको जरा र टप सफा गरेर मिलमा ल्याउन किसानलाई आग्रह गरे । साथै उखुको भुक्तानी समयमै हुने उनले बताए ।

त्यसैगरी उखु किसान संघ बाराका अध्यक्ष विरेन्द्र कुशवाहाले साल भरीको मेहनतको परिणाम र बाली बेच्ने मौका आएको बताएका छन् । त्यस कारण किसान हर्षित भएको तथा यसमा पनि सरकारले थोरै भएपनि समयमा रेट अनुदान टोकेको कारण बारासहित देशभरीको किसान खुशी भएको उनले बताए । बिना चलानको उखु नल्याउन उनले किसानलाई आग्रह गरेका छन् साथै मिलले जुन बेलादेखी चलान दिन्छ वा पाइसकेपछी मात्र उखु ल्याउन उनले सुझाव दिएका छन् ।

चलाएको उखु नियमले १५ दिन भित्र भुक्तानी दिनु पर्ने हुँदाहुँदै रिलायन्स मिलले ५ सालदेखि ७ दिन भित्रै उखुको भुक्तानी दिदै आएको उनले बताएका छन् । उनका अनुसार भुक्तानीमा बाराका किसानलाई कुनै पनि समस्या नरहेको र मिलले आकस्मिकमा पनि भुक्तानी गर्दै आएको बताए । किसान संघ र रिलायन्स मिलका कर्मचारीहरु हमेशा संवादमा रहेको र कुनै पनि किसानलाई केही समस्या भएको खण्डमा समस्याको समाधान गर्ने अध्यक्ष कुशवाहाले बताएका छन् ।

किसान त्यति बाठो हुदैन,पढेको पनि हुदैन,पत्रपत्रिका पनि पढ्दैन,खेतमा काम गर्छन् तर रौतहटको बाबा बैजुनाथ सुगर एण्ड केमिकल इन्डस्ट्रिज (चिनी मिल ) ले भाडा र तेलको नाममा किसानहरुलाई ठगदै आएको आरोप लगाएका छन् । बाराको पनि किसानहरुलाई विभिन्न प्रलोभनमा पारेको उनले बताए । मिलले गत वर्षको उखुको भुक्तानी अहिलेसम्म गर्दै आएको उनले समेत बताए । उक्त मिले किसान ठग्ने ‘महाठग’ रहेको उनले बताए । साथै त्यहा उखु नदिन समेत किसानहरुलाई आग्रह गारेका छन् ।

पछिल्लो बर्ष २५ लाख ११ हजार क्विन्टल उखु क्रसिङ्ग भएकोमा यो बर्ष ३२ लाख क्विन्टल उखु क्रसिङ्ग गर्ने लक्ष्य रहेको मिलका जेनेरल म्यानेजर गौरव सिलोडियाले जानकारी गराए ।सिलोडियाले सहज उखु चलान तथा भुक्तानी गर्ने नेपालको एक नम्बर चिनिमिल रिलायन्स चिनिमिल रहेको सारा नेपाली उखु किसानलाई थाहा भएकोले यो नै हाम्रो बलियो आधार भएको बताएका छन् ।

उक्त पुजा समारोहमा उखु किसान संघ बाराका सल्लाहकार मुकेश कुश्वाहा,नेपाली कांग्रेसका नेता रामानन्द यादव,किसान,मिलका कर्मचारी तथा सन्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

Leave a review

This will close in 0 seconds