अनुप दिपनी माबिको ७३ औ बार्षिक उत्सव सम्पन्न

साझेदारी दैनिक
181 पाठक संख्या

कोल्हवी : बाराको कोल्हवीमा रहरेको अनुप दिपनी माध्यमिक बिधालय कोल्हबीको ७३ औ बार्षिक उत्सव तथा अभिभावक दिवस बुधबार एक कार्यक्रमवीच सम्पन्न भएको छ । उक्त कार्यक्रमको कोल्हबी नगरपालिकाका नगरप्रमुख रामप्रसाद चौधरीले दिप प्रज्वलन गरेर उदघाटन गरेका हुन ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै नगर प्रमुख चौधरीले यस अनुप दिपनी माध्यमिक बिद्यालय कोल्हवीको भौतिक संरचनामा प्रगति हुँदै गइरहेको बताउनु हुँदै यस बिधालयलाई नगरको उत्कृष्ट बिधालय बनाउन सम्पुर्ण शिक्षक शिक्षिकाहरुलाई आफ्नो जिम्मेवारी इमानदारीपुर्वक बहन गर्न सुझाव दिनुभयो।

नगरप्रमुख चौधरीले आफू पनि यस बिधालयमा अध्यन गरेको सम्झना गर्नु हुँदै आफुलाइ पढाउनु हुने शिक्षकहरू जगरनाथ चौधरी ,रतन चौधरी ,स्वर्गीय अनरुध चौधरीलाई मन्चबाट स्मरण गर्नु भयो। उनले बिद्यालयलाई अगाडी बढाउन सबै भन्दा पहिले कोल्हवी गाउँका अभिभावकहरुको अहम भुमिका भएकोले सकारात्मक सोचको साथ अगाडी बढनको लागि आग्रह गर्नुभयो ।बिधालय व्यवस्थापन समितिका अध्यक्ष किशोरी प्रसाद चौधरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक रामप्रकाश चौधरीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा ईलाका प्रशासन कार्यालय कोल्हबीका प्रमुख पवन कुमार केसरी, सपही क्याम्पससभा अध्यक्ष केवलप्रसाद चौधरी, सपही क्याम्पसका प्रीन्सिपल दिनेश प्रसाद अधिकारी, कार्यवाहक वडा अध्यक्ष शिवचन्द्र चौधरी,दलित महिला सदस्य सुनिता राम, कार्यपालिका सदस्य राजकुमार दास, समाजसेव हरिचन्द्र पनुहर लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमा नेपाल राष्ट्रिय माबि सपहीका प्रअ हरि प्रसाद पराजुली ,नेरा आधारभूत बिद्यालाय खैराका प्रअ गजेन्द्रप्रसाद चौधरी, नेरा आधारभूत मठवाका प्रअ कंचन कुमारी चौधरी,प्राथमिक स्वास्थ केन्द्र कोल्हबीका प्रमुख सिहन्तर प्रसाद चौधरी, आधारभुत स्वास्थ केन्द्र कोल्हबी १ का प्रमुख पिताम्बर चौधरी समाजसेवी भुवन प्रसद चौधरी ,जगदेव चौधरी ,छविलाल उप्रेती लगाएतको उपस्थिति रहेको थियो ।

जीवन पोखरेलले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य त्रियोगी प्रसाद चौधरीले गर्नु भएको थियो । सो अवसरमा विद्यालयले गत बर्ष एसईई परिक्षामा विद्यालयमा सत प्रतिशत रिजल्ट ल्याउन भुमिका खेल्ने विषय शिक्षकहरु नन्देश्वर चौधरी, उमेश चौधरी, जितेन्द्र चौधरी,जिवलाल बन्जाडेलाई सम्मान समेत गरिएको थियो ।

Leave a review

This will close in 0 seconds