बैंकिङ कसुर र ज्यान मार्ने उद्योग मुद्दाका दुई फरार पक्राउ

साझेदारी दैनिक
264 पाठक संख्या

कलैया : बारा प्रहरीले फरक–फरक मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ।

प्रहरीले कलैया उपमहानगरपालिका–१४ बघवनबाट बैंकिङ कसुरसम्बन्धी चालु मुद्दाका फरार प्रतिवादी ३४ वर्षीय जितेन्द्र साह सोनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले उनलाई आफ्नै गाउँघरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।

यसैगरी, फेटा गाउँपालिका–३ बाट ज्यान मार्ने उद्योगसम्बन्धी चालु मुद्दाका फरार प्रतिवादी २२ वर्षीय लालु मुखिया बीनलाई पनि प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय छतवाबाट खटिएको प्रहरी टोलीले उनलाई आफ्नै घरमा लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेका दुवै प्रतिवादीलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पेश गरिएको प्रहरीले जनाएको छ।

Leave a review