दुई दिवसीय बाल अधिकार सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न

साझेदारी दैनिक
196 पाठक संख्या

कलैया : बाराको देवताल गाउँपालिका वडा नम्बर ३ बडकी आम्वामा रहेको श्री इन्द्रदेव माध्यमिक बिद्यालयमा दुई दिवसीय बाल अधिकार सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।

बारा ट्रेनिङ्ग एण्ड सर्वे सेन्टरको आयोजना तथा वडा नम्बर ३ को वडा स्तरीय उक्त दुई दिवसीय बाल अधिकार सम्बन्धी जनचेतनामुलक कार्यक्रम शनिबार सम्पन्न भएको हो । वडा नम्बर ३ का वडा अध्यक्ष रामकिशोर कुशवाहाको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

सो कार्यक्रममा प्रशिक्षक मिना चौधरी र सुनिता साहले बाल अधिकार र बालमैत्री कानुनको परिचय,बाल हिंसा, शोषण र दुर्व्यवहारको पहिचान तथा रोकथाम,बाल विवाह, बाल श्रम र मानव बेचबिखन विरुद्ध सचेतना,बाल संरक्षण संयन्त्र र उजुरी प्रक्रियाबारे जानकारी,अभिभावक, समुदाय र विद्यालयको भूमिका तथा बाल सहभागिता र नेतृत्व विकास सम्बन्धी प्रशिक्षण दिएकी हुन्।

उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भुनेश्वर प्रसाद यादव, कक्षा ८,९ र १० का ६० जना भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो।

Leave a review