नेपाली सेनाले गर्‍यो निःशुल्क वृहत् स्वास्थ्य शिविर

साझेदारी दैनिक
304 पाठक संख्या

कलैया : नेपाली सेनाको रिपुमर्दन गणले निशुल्क स्वास्थ्य शिवीरको आयोजना गरेको छ। उसले बाराको फेटा गाउँपालिका ७ गम्हरियामा एकदिने निःशुल्क वृहत् स्वास्थ्य शिवीरको आयोजना गरेको हो।

स्थानीय नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्य सहित शिवीरको आयोजना गरिएको हो। रिपुमर्दन गणको संयोजकत्वमा तथा विभिन्न सहयोगी संस्थाहरूको सहकार्यमा उक्त शिवीर आयोजना गरिएको हो।

शिवीरमा अत्याधुनिक स्वास्थ्य सेवा अन्तर्गत निःशुल्क भिडियो एक्स–रे तथा ईसीजी परीक्षण गरिएको हो। सो शिवीरमा मृगौला तथा मूत्ररोग परीक्षण गरिएको हो। रक्तचाप र मधुमेहको जाँच गरिएको हो। सो शिवीरमा छाला सम्बन्धी परीक्षण, हाडजोर्नी तथा नशा सम्बन्धी परीक्षण, आँखा परीक्षणका साथै स्त्री तथा प्रसूति रोगसम्बन्धी स्वास्थ्य परीक्षण गरिएको हो।

स्वास्थ्य जाँचपछि आवश्यक परेका सेवाग्राहीलाई निःशुल्क औषधि समेत वितरण गरिएको छ। उक्त स्वास्थ्य शिवीरमा महिला ३ सय ८५ जना र पुरुष ४ सय ५२ जना गरी जम्मा ८ सय ३७ जनाले स्वास्थ्य परीक्षण गराएका थिए। नेपाली सेनाले नियमित रूपमा सञ्चालन गर्दै आएको यस्ता स्वास्थ्य शिवीरले ग्रामीण तथा पिछडिएका क्षेत्रका नागरिकलाई प्रत्यक्ष स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ।

Leave a review

This will close in 0 seconds