अहिलेको चुनाव भ्रम र यथार्थको लडाईं हो : प्रभु साह

संदिप प्रसाद यादव
191 पाठक संख्या

कलैया : आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अहिलेको निर्वाचन भ्रम र यथार्थविचको रहेको बताएका छन्। जनताले फेकुहरुलाई हराउनैपर्ने उनले बताएका हुन्।
बाराको बारागढी गाउँपालिकाको खोपवा बजारमा मंगलवार निर्वाचन परिचालन कमिटीको विशेष प्रशिक्षक कार्यक्रमलाई उनले सम्बोधन गरेका हुन्।

आजपा अध्यक्ष साहले फेक र झुठा कुरा गर्ने नेतालाई जनताले आम निर्वाचनमा बहिष्कार गर्नुपर्ने बताए। अहिले फेक नेता र तीनका फेक एजेण्डाको चर्चा गरिँदैछ, यो देशको लागि सर्वाधिक घातक कुरा हो उनले भने। सामाजिक सञ्जालमा स्टन्ट गर्ने, फेक आईडीबाट झुठो प्रचार गर्नेहरुको दबदबा रहेकोले यसलाई चिर्नुपर्छ आजपा अध्यक्ष साहले भनेका छन्।

फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन सत्य र असत्यको लडाई भएको उनले जनाए। आम मतदाताले रियललाई मतदान गरेर बिजयी बनाउने र फेकुहरुलाई बहिष्कार गर्नुपर्ने उनले बताए।
रास्वपा नेता समेत रहेका काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहलाई लक्षित गर्दै साहले देशकै ठूलो र धनी महानगरको नेतृत्व गर्दापनि विकासको मोडेल दिन नसक्ने बालेनजीले अहिले प्रधानमन्त्री बन्ने सपना देखेर नक्कली कुरा गर्दैछन् भन्ने दावी गरे।

यस्ता नक्कलीहरुलाई आम जनताले निर्वाचनबाटै बहिष्कार गर्न उनले जनाए। काठमाण्डौं महानगर मेयर हुँदा काठमाडौको मुहार फेर्न नसक्नेले देश बदल्छौं भनेर धाक नलगाउन उनले चेतावनी दिए। यिनीहरु नयाँ नभई टेस्टेड असफल फिगर भएको उनले टिप्पणी गरे। काठमाडौं महानगरले जनतासंग करमाथि कर लिएको उनले जनाए। तर सेवा सुविधा दिने काम नगरेको उनले आरोप लगाए।संघीय राजधानी भएको महानगरमा शिक्षा, स्वास्थ्य र रोजगारीको अवस्था बेहाल र दयनीय अवस्थामा रहेको र गरिवको उपचार नपाएर मर्ने अवस्था रहेको उनले जनाए।

बालेनलाई रौतहटको मौलापुर नगरपालिकामा भएको विकासको मोडेल हेर्न उनले अनुरोध गरे।मौलापुरले लिँदैन, खाली दिने काम गरेको जनाउँदै यहाँ शिक्षा, स्वास्थ्य, पानी, विजुली सबै फ्रि रहेको उनले जनाए। मौलापुरमा नगर प्रहरी होईन, नगर शिक्षक, नगर डाक्टर राखिएको छ। मौलापुरमा दलित, सुकुम्बासीलाई पक्कीघर बनाएर दिएकोछ । तर काठमाडौंमा भगाउने काम भएको छ,’ आजपा अध्यक्ष साहले भनेका छन्।

यसैगरी, एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावमा पराजित हुने मानसिकताका कारण चुनावको मुखमा संसद् पुनःस्थापनााको भ्रम फैलाइरहेको आरोप उनको थियो। निर्वाचनको विकल्प नभएको उनले बताए। कार्यक्रममा बारा क्षेत्र नं. १ का उम्मेदवार बिजय यादवलगायतको विशेष सहभागिता रहेको थियो।

Leave a review