रौतहट-४ः काङ्ग्रेसलाई बिरासत जोगाउने अभियानमा, विकास, शुसासन ,विश्वास र परिवर्तनबीचको विकल्प खोज्दै मतदाता

संदिप प्रसाद यादव
300 पाठक संख्या

प्रिमेश शिवाकोटी । रौतहट : आसन्न फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर ४ मा नयाँ पुस्ता र पुराना पुस्ताबीच रोचक प्रतिस्पर्धा देखिएको छ । यस क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरी ३६ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छ्न ।

नेपाली काँग्रेसका उम्मेदवार देवप्रसाद तिमल्सिना, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल, नेपाली कम्युनिष्ट पार्टीका रामकुमार भट्टराई, नेकपा एमालेका रामजी साह, जनता समाजवादी पार्टीका राजकुमार दास र आमजनता पार्टीका ऋषि धमलाबीच प्रतिस्पर्धा रोचक बन्दै गएको छ । काँग्रेस नेता तिमल्सिना, नेकपाका भट्टराई पुरानै निर्वाचित अनुहार हुन ।

प्रतिनिधिसभा निर्वाचन २०७४ र ०७९ मा दुई पटक निर्वाचित नेपाली कांग्रेसका नेता देवप्रसाद तिमल्सिनाले पुनः उम्मेदवारी दिएर ‘ह्याट्रिक’ गर्ने लक्ष्यकासाथ चुनावी मैदानमा छन भने अन्य उम्मेदवारले पनि टक्कर दिने आकलन अधिवक्ता बिपिन गौतमले बताए ।

काँग्रेस नेता तिमल्सिना जनसभा तथा भेटघाट कार्यक्रममा विगतका कार्यकालमा सुरु गरिएका पूर्वाधार विकासका योजना सडक, पुल तथा सिंचाइलगायत शिक्षा र स्वास्थ्यका अधुरा काम पूरा गर्ने प्रतिबद्धताका साथ निर्वाचनमा होमिएका छ्न । आफू निर्वाचित भएपछि जनताकै हितमा काम गरेको र निरन्तर जनताकै दुःखसुखमा साथ दिएकाले पनि आसन्न निर्वाचनमा जनताले आफुलाई पुःन जिताउने दाबी तिमल्सिनाको छ ।

०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेता तिमल्सिनाले २८ हजार दुई सय ८८ मतले एमालेका नेता डाक्टर बंशीधर मिश्रलाई पराजित गरेका थिए भने ०७९ मा नेता तिमल्सिनाले ३४ हजार एसक सय ६१ मत ल्याई एमालेका उम्मेद्वार उद्धव रेग्मीलाई सात हजार छ सय दुई मतले पराजित गरेका थिए ।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट दोस्रो संविधानसभा सदस्यमा निर्वाचित हाल नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रामकुमार भट्टराई पनि चुनावी चर्चाका पात्र हुन । संघीयता, सामाजिक न्याय र समावेशी विकासलाई मुख्य एजेन्डा बनाएका नेता भट्टराईले मतदातामाझ विश्वास दिलाउने प्रयास जारी राखेका छ्न ।

नेता भट्टराईले आफ्नो कार्यकालमा एक पुल, एक सडकको अवधारणा अनुरुप साविक चन्द्रनिगाहपुर गाविस ३ र १ जोड्ने चाँदी नदीको पुल र गाविस फन्को मार्ने रिङ् रोड निर्माणको थालनी गरेकाले उनको जीत सुनिश्चित रहेको नेकपाका युवा नेता दीपक पौडेल बताउछन् । भट्टराईको मुख्य ऐजेण्डा भनेकै अधुरो योजना पुरा गर्ने प्रतिबद्धताका साथ मत मागेका छ्न ।

यसैबीच लामो समयदेखि शिक्षा सेवामा समर्पित राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले “जनताले चाहेको परिवर्तन”को नारासहित नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै चुनावी अभियानलाई तीब्रता दिएका छ्न । जनचाहनाबमोजिम नै आफु उम्मेदवार बनेको हुँदा विजय सुनिश्चित रहेको दाबी गर्दै शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा नवीनतम सुधार ल्याउने प्रतिबद्धता जनाएका छ्न । युवापुस्ताको आकर्षण बनेका नेता पौडेलले रास्वपाका प्रस्तावित प्रधानमन्त्री बालेन्द्र साहको बिकास मोडललाई अफ्नो चुनाबी नारा बनाएका छ्न ।

अर्कोतर्फ पत्रकार तथा आम जनता पार्टीका उम्मेदवार ऋषि धमला जनतामाझ मत माग्ने अनैठो, फरक शैलीका कारण चर्चामा छ्न । जनतासँग प्रत्यक्ष संवाद, हाँस्य–व्यङ्ग्य मिसिएको भाषण,किसानको खेतवारि सम्मै पुग्ने र आत्मीय व्यवहारका साथ मात माग्दै आएका छ्न । उनी कहिले उखु काट्न पुग्छ्न त कहिले मिठाई पसलमा जिलेवी बनाउन पुग्छ्न । फरक प्रचार प्रसार अपनाएर चुनावमा होमिएका धमलाले नेकपा एमालेका उम्मेदवार रामजी साहले विकास, स्थिरता र सुशासनको नारा उठाउँदै चुनावी अभियानलाई तीव्रता दिएका छ्न । उनि सुनचादी ब्यवसायी हुन । उनले एमालेको ‘बलियो राष्ट्रियता र सुदृढ लोकतन्त्र’ मूलमन्त्रसहित समृद्धि, सुशासन र सामाजिक न्यायमा केन्द्रित नारासहित चुनाबी प्रचारप्रसार तिब्र पारेका छ्न ।

पुराना दलका उम्मेदवार र नयाँ दलका नयाँ अनुहारबीचको प्रतिस्पर्धाले रौतहट–४ को निर्वाचनलाई रोचक बनाएको छ । यसपटक मतदाता विकास, शुसासन ,विश्वास र परिवर्तनबीचको विकल्प चुन्ने तयारीमा रहेका राजनीति विश्लेषकहरु बताउँछन ।

Leave a review